कोरिया खबर

दक्षिण कोरियाले गर्यो समाजिक दुरीको नियमलाई खुकुलो पार्ने निर्णय

सिओल

दक्षिण कोरियाली सरकारले आगामी तीन हप्ताका लागि रेस्टुरेन्ट र क्याफेहरूमा राति ९ बजेपछीको कर्फ्यू जारी राख्ने निर्णय गरेको छ ।

तर यस अघी ४ जनामा सिमित रहेको निजी भेलाको आकार सीमा बढाएर ६ जना बनाउने निर्णय गरिएको छ । यो कुरा प्रधानमन्त्री किम बु-क्युमले शनिबार सिओलमा जानकारी गराएका हुन ।

दक्षिण कोरियाली सरकारको प्रभाबकारी बूस्टर शट अभियानकै कारण गत महिना ७,००० भन्दा बढीमा पुगेपछि कोरोना भाइरस नियन्त्रणका लागि गरिएको कडाइका कारण हालका दिनहरूमा दैनिक कोभिडका केसहरू चार हजारको हाराहारीमा रहेकाले यो निर्णय आएको हो। नयाँ दूरी नियमहरू तीन हप्ता अर्थात आउने सोमबारदेखि फेब्रुअरी ६ सम्म लागू हुनेछन् ।

गत बर्स अक्टाेबर अन्तिममा अर्को महिना फेब्रुअरी देखी कोरोना पुर्बको नर्मल जिबनमा फर्कने घोषणा गरेको कोरियाले फेब्रुअरी ६ पछी कस्तो निर्णय गर्छ भन्ने चासोका साथ हेरिएको छ ।hamrakbr

Author Since: Dec 06, 2019

Related Post