कोरिया खबर
कोरियामा एक नेपालीले पाए ख्याङ्गिदो गभर्नर्स अवार्ड
- by siddhartha@post
- 1 year ago
- 0 comments

सिओल
दक्षिण कोरियाको ख्याङ्गिदो स्थानीय सरकारबाट एक नेपाली सम्मानित भएका छ्न । कोरियामा लामो समयदेखि नेपालीहरु बिच चिर परिचित रामेछपका लाक्पा शेर्पा (TDNK- पेजको नाम ) ख्याङ्गिदो गभर्नर्स अवार्ड बाट सम्मानित भएका हुन ।
सन २००९मा बिद्यार्थी भिसामा कोरिया प्रबेश गरेका शेर्पाले स्नातक अध्यन पश्चात् कोरियाको अध्यागमन बिभाग , केबिज ट्रेनिङ सेन्टर , प्रहरी अनुबादक लगाएत थुप्रै ठाउँमा काम गरिसकेका छन ।
हाल वैजम्बु बैदेशिक परामर्श केन्द्रमा काम गर्दै आइरहेका शेर्पालाई नेपालीहरुको हकहितमा उल्लेखनिय काम गरे बापत उक्त सम्मान प्रदान गरिएको हो ।
कोरियाको बसाइमा अफ्ट्यारो परेका नेपालीहरुलाई निरन्तर सहयोग तथा परामर्श दिदै आइरहेका शेर्पा कोरियामा नेपालीहरु बिच अत्यन्तै लोकपृय मानिन्छ्न ।