News

आइफोन १३ प्रो र ५० ग्राम सुनसहित एक जना विमानस्थलबाट पक्राउ

आइफोन र सुनसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं: आइफोन १३ प्रो र ५० ग्राम सुनसहित एक जना विमानस्थलबाट पक्राउ परेका छन्। हिमाल एयरलायन्सको विमानबाट नेपाल फर्किएका नवराज परियार आइफोन र ५० ग्राम सुनसहित पक्राउ परेको विमानस्थल प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

उनी दुबईबाट फर्किएको प्रहरीले जनाएको छ। यसअघि गुद्वारमा करिब एक किलो सुन लुकाएर ल्याउने दावा छिरिङ शेर्पा विमानस्थलबाट पक्राउ परेका थिए। अन्नपूर्णपोस्ट बाट

प्रेम आलेकै जस्तो क्षमता देखाउन अन्य मन्त्री र मुख्यमन्त्रीलाई माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको गतिमा काम गर्न अन्य मन्त्री तथा मुख्यमन्त्रीहलाई निर्देशन दिएका छन् ।

नेकपा एस निकट अनेरास्ववियूले बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले मन्त्री प्रेम आलेको कामको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

नेपालले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई समेत उपस्थित कार्यक्रममा अन्य मन्त्री र प्रदेश १ तथा वागमतीका मुख्यमन्त्रीले पनि आलेकै जस्तो क्षमता देखाउनुपर्ने बताए ।

सो कार्यक्रममा मन्त्री आले पनि रक्तदान गरेर सहभागी भएका थिए । नेपालले गठबन्धन भत्काउने प्रयास सफल नहुने बताए ।

Author Since: Dec 06, 2019

Related Post