कोरिया खबर

दक्षिण कोरियामा कहाँ–कहाँ छ पिर बिसाउने ठाउँ ?

सिओल

दक्षिण कोरियामा कहाँ–कहाँ छ शारीरिक सम्पर्कको अड्डा ? दक्षिण कोरियामा शारीरिक सम्पर्कको व्यापार गैरकानूनी छ, तर कोरिया महिला विकास संस्थानका अनुसार, कोरियामा यो व्यापार सन् २००७ मा नै १४ ट्रिलियन दक्षिण कोरियाली वन (१३ बिलियन अमेरिकी डलर) को अनुमान गरिएको थियो, जुन देशको कुल गार्हस्थ उत्पादनको लगभग १.६ प्रतिशत हो।

कोरिया युनिभर्सिटी कलेज अफ मेडिसिनको युरोलोजी विभागले सन् २०१५ मा गरेको सर्वेक्षण अनुसार १८–६९ वर्षका २३.१ प्रतिशत पुरुष र २.६ प्रतिशत महिलाले शारीरिक सम्पर्कको व्यापार गर्नेहरुसँग शारीरिक सम्पर्कको अनुभव गरेका थिए। व्यापारमा सन् २००७ मा करिब ९४ मिलियन लेनदेन भएको थियो, जुन २००२ मा १७ करोड भन्दा कम थियो।

सोही अवधिमा पेसामा लाग्ने संख्या १८ प्रतिशतले घटेर २,६९,००० पुगेको थियो। शारीरिक सम्पर्कको अड्डाका लागि व्यापार गरिएको पैसाको मात्रा १४ ट्रिलियन वोन भन्दा बढी थियो । कानुनी प्रतिबन्ध र पुलिसको कडिकडाउका बावजुद, दक्षिण कोरियामा यो व्यवसाय फस्टाइ नै रहेको छ ।

यहाँ स्वदेशी भन्दापनि विदेशी पेसाकर्मीहरु ज्यादा रहेको अनुमान गरिन्छ । सन् १९६० मा अमेरिकी सेनाहरुको प्रवेशपछि यो व्यवसाय मौलाएको देखिन्छ । यहाँ चाईना, थाई, युक्रेन, रसिया, दक्षिण पूर्वी एसिया, ताइवान र जापानका पेसाकर्मीहरु धेरै रहेको सरकारी आँकलन छ ।

महानगर, नगरदेखि स्थानीय गाउँमा समेत यो पेसा फैलिएको छ । महानगरका गगनचुम्बी महलहरुमा अपार्टमेण्ट नै भाडामा लिएर खुलेर यो व्यापार गरिरहेको विभिन्न प्रहरी छापाबाट पुष्टी हुन्छ ।

Author Since: Dec 06, 2019

Related Post