कोरिया खबर

कोरियामा ५ बर्षमा ७६ जना नेपालीले ज्यान गुमाए !

५वर्षमा ४ हजारभन्दा बढी नेपाली युवाले विदेशमा रोजगारी गर्न जाँदा ज्यान गुमाए, ५ सय ४५ अर्काको देशको जेलमा यातना भोगिरहेका छन्, तीमध्ये २५ जनालाई मृत्युदन्डको सजाय सुनाइएको छ।

२५ कामदार विदेशकै अस्पतालको को मामा मृत्युसँग लडिरहेका छन्, ३८८ कामदार कहाँ हराए कसैलाई पत्तोछैन, रेमिट्यान्सले देश चलाउन पल्केका राज्य सञ्चालकहरू युवालाई वैदेशिक रोजगारको भुंग्रोमा धकेलिरहेका छन्।

पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना कामदारले विदेशी भूमिमा ज्या न गुमाएका छन् । पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरू श व बनेर फर्किएका हुन् । त्यसको बदलामा राज्यले भने पाँच वर्षमा ३६ खर्ब ११ अर्ब रेमिट्यान्स भित्र्याएको छ । यसलाई आधार मान्दा हरेक दिन वैदेशिक रोजगारमा गएका कम्तीमा दुई युवाको श व मुलुकमा भित्रन्छ । त्यसको बदलामा राज्यले दिनको औसत २ अर्ब रेमिट्यान्स भित्र्याइरहेको छ ।

५ वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५ सय १० युवा विभिन्न मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आव ०७५/७६ मा मात्रै ५ लाख ८८ हजार ८२८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन् । सो अवधिमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिँदा ७ सय ५३ कामदारले ज्या न गुमाएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य हो । र, वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी युवाको मृ त्यु हुने मुलुक पनि मलेसिया नै हो । विगत ५ वर्षमा मलेसियामा मात्रै १ हजार ५ सय ३७ कामदारले ज्या न गुमाएका छन् । यो अवधिमा ३ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्स मलेसियाबाट आएको छ ।

त्यस्तै, साउदी अरेबियामा १ हजार १ सय ४७ जना, कतारमा ७ सय ७, युएईमा ३ सय ३७, कुवेतमा १ सय ४५, कोरियामा ७६, बहराईनमा ४८ र जापानमा १२ जनाले ज्या न गुमाएको तथ्यांक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको छ ।पाँच वर्षको अवधिमा यी ८ मुलकमा ४ हजार ९ जना कामदारले ज्या न गुमाएमा छन् । ती मुलुकबाट सरकारले २१ खर्ब ४६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्याएको छ ।५ सय ४५ जना जेलमा २५ जनालाई मृ त्युदण्डको सजा यवैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपाली कामदारमध्ये ५ सय ४५ जना विदेशी जे लमा छन् ।

तीमध्ये १९ जना महिला रहेको बोर्डको तथ्यांक छ । जे लमा रहेकामध्ये १९ जनालाई मृ त्यु द ण्डको सजा य सुनाइएको छ । तीमध्ये मलेसियामा १६ जनालाई मृ त्यु द ण्ड सुनाइएको छ । साउदी अरब रियादमा ५ जना, कुवेतमा ३ र युएईमा १ जनालाई मृ त्यु द ण्ड सजाय तोकिएको छ ।विदेशी जे लमा रहेकामध्ये ७ जनालाई आजीवन कारा वासको सजा य भएको छ । त्यस्तै, २ जनालाई २५ वर्ष र २ जनालाई १५ वर्ष, ५ जनालाई १४ वर्षसम्मको सजा य सुनाइएको छ । त्यस्तै १९ जनालाई १० वर्षसम्मको र १ जनलाई ५ वर्षसम्मको सजा य दिइएको छ । ४४ जनालाई १ वर्षसम्मको र ७५ जनालाई ३ महिनासम्मको सजा य तोकिएको छ । २ सय ९३ जना कामदार फैस लाको पर्खाइमा छन्  ।

सबैभन्दा बढी मलेसियाको जे लमा :विदेशी जेलमा रहेका कामदारमध्ये सबैभन्दा बढी नेपाली मलेसियाको जे लमा २ सय ५ जना छन् । युएईमा १ सय ८५ जना, कुवेतमा ५८ जना, कतारमा ३५, साउदी अरबको जेद्दामा ३१, साउदी अरबकै रियादमा २३, बहराइनमा ५ र ओमानको जे लमा ३ जना कामदार छन् । वैदेशिक रोजगारीमा गएकामध्ये २४ जना कामदार विभिन्न मुलुकमा को मामा नै छन् । जसमध्ये ३ जना महिला छन् ।

बोर्डको तथ्यांकअनुसार कुवेत, युएई, ओमन, साउदी अरब, कतार, बहराइन र जापानमा कामदार अचे त अवस्थामा छन् । तथ्यांकअनुसार कतारमा सबैभन्दा बढी ९ जना को मामा छन् । साउदी अरब रियाद र बहराइनमा ४–४ जना को मामा छन् । कुवेतमा ३, युएई, ओमान, साउदी अरब जेद्दा र जापानमा १–१ जना को मामा छन् । को मामा रहेकामध्ये १८ जना पूर्णरूपमा अचे त अवस्थामा छन् । २ जना अर्ध चेतन अवस्थामा छन् । ४ जनाको अवस्था सुधार हुँदै गएको छ ।

३ सय ८८ कामदार हराए विदेशमै : वैदेशिक रोजगारीका लागि दैनिक करिब १ हजार ५ सय नेपाली बिदेसिन्छन् । तर, कति कामदार बेप ता भए भन्ने यकिन तथ्यांक कतै पनि छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग पनि यस्तो तथ्यांक छैन । प्रवासी नेपाली समन्वय समितिमा बेपत्ता भएका कामदारको खोजी गरिदिन भनेर ३ सय ८८ वटा निवेदन परेको छ । त्यही आधारमा ३ सय ८८ नेपाली कामदार हराइरहेको भन्न सकिन्छ । तीमध्ये ७५ महिला छन् । समितिको तथ्यांकअनुसार मलेसियामा २ सयजना कामदार हराएका छन् । साउदीमा ६७, कुवेतमा ४६, युएईमा २३, कतारमा २२ र अन्य मुलुकमा ३० जना कामदार हराएका छन् । यो खबर नयाँ पत्रीकाले लेखेको छ।

Author Since: Dec 06, 2019

Related Post