Entertainment

फ्री फायरका १३ लाख अकाउन्ट बन्द, कतै तपाईंको त परेन ?

सिओल

गरिना फ्री फायरले गेममा छेडछाड गरेको भन्दै दुई हप्ताभित्र करिब १३ लाख ४४ हजार अकाउन्ट माथि प्रतिबन्ध लगाएको छ । गरिनाले प्रतिबन्ध लगाएका अकाउन्टमा धेरै अटो-एम ह्याक गरेका अकाउन्ट रहेका छन् ।

अटो-एम ह्याक प्रयोग गरेका कारण ६ लाखभन्दा बढी अकाउन्ट प्रतिबन्धमा परेका छन् । यसैगरी गेमको फाइलमा परिवर्तन (Config) गरेको भन्दै करिब चार लाख ५० हजार अकाउन्टमाथि प्रतिबन्धमा लगाइएको छ ।

यसैगरी एक लाख ३० हजारभन्दा धेरै अकाउन्ट टेलिपोर्ट ह्याक गरेका कारण प्रतिबन्ध लगाइएको छ । साथै अन्य कारण देखाउदै ५० हजार भन्दा धेरै अकाउन्ट माथि प्रतिबन्ध लगाइएको गरिनाको रिपोर्टमा उल्लेख गरिएको छ ।

गरिनाले यसै रिपोर्ट अनुसार गेममा अनधिकृत टुल तथा क्लाइन्ट प्रयोग गरेमा तथा गेमका फाइलमा परिवर्तन गरेमा प्रतिबन्ध लगाइने बताएको छ ।

साथै कुनै अकाउन्टमा गेम खेल्ने खेलाडीहरुले धेरै रिपोर्ट गरेको खण्डमा तथा केही शंकास्पद गतिविधि गरेको पाइएमा पनि गरिनाले सम्बन्धित अकाउन्टहरु माथि प्रतिबन्ध लगाउने छ ।

फ्री फायरको एन्टी ह्याक सिस्टमलाई इल्लिसिट लोकल डेटा ट्रान्सफरबाट बाइपास गर्ने अकाउन्टहरुलाई पनि सधैंका लागि प्रतिबन्ध लगाइने रिपोर्टमा उल्लेख छ ।

Author Since: Dec 06, 2019

Related Post