गृहमन्त्रीलाई भेटेर कोरियन राजदुत चोङ सुकले इपिएसको बारे यस्तो जानकारी गराए
- by siddhartha@post
- 1 year ago
- 0 comments

सिओल
राजदूत चोङ सुक गृहमन्त्रीलाई भेट्न मंगलबार दिउँसो सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका थिए । गृहमन्त्री र राजदूतबीच नेपाल र दक्षिण कोरियाबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भेटमा गृहमन्त्री खाँणले नेपालको भौतिक पूर्वाधार विकासमा दक्षिण कोरियाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । त्यस्तै, उच्च शिक्षा अध्ययन गर्न नेपाली विद्याथीहरू कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीहरूलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीको पनि गृहमन्त्रीले चर्चा गरेका थिए ।
पछिल्लो समय विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन गर्न कोरियन पर्यटक नेपाल आउने गरेको गृहमन्त्री खाँणले बताएका थिए । उनले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहको जानकारी दिएका थिए ।
भेटमा दक्षिण कोरियाका राजदूत चोङ सुकले कोभिड– १९ का कारण रोकिएको ईपीएस अब पुन सुरु हुने चरणमा रहेको गृहमन्त्रीलाई जानकारी गराएका थिए । नेपालीहरु इपिएस मार्फत कोरिया लैजाने कोटा समयअनुकुल बढाउने कुरा समेत भेटमा राजदुतले गृहमन्त्रीलाई जानकारी गराएका थिए ।
कोभिडकै कारण कोरियन पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा कोरियन पर्यटक नेपाल आउने सम्भावना बढेको राजदूतको भनाइ थियो । राजदूतले वर्षमा करिब ३० हजार कोरियन पर्यटक नेपाल आउने आँकलन राजदूतावासले गरेको बताएका थिए ।