कोरिया खबर

कोरियन भाषा परीक्षा स्थगित

कोरियन भाषा परीक्षा स्थगित

कोरिया रोजगारीका लागि लिइने कोरियन भाषा परीक्षा स्थगित भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस शाखाले बुधबार एक सूचना जारी गर्दै यही वैशाख २६ देखि हुने भनिएको परीक्षा स्थगित भएको जनाएको छ ।

चुनावका कारण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको ईपीएसले जनाएको छ ।

आगामी शोमबार देखी कोरियामा अनिवार्य मास्क लगाउनुपर्ने नियम हटने !

दक्षिण कोरियाले आगामी हप्ता सोमबार देखी लागु हुनेगरी अनिवार्य मास्क लगाउनुपर्ने नियम हटाउने भएको छ।

दक्षिण कोरियाली प्रधानमन्त्री किम बो क्युम का अनुसार कोरोनाको कारण विगत २ बर्षदेखी लागु गरिएको अनिवार्य मास्क लगाउनुपर्ने नियम हटाउन लागिएको हो।यधपी ५० जना भन्दा माथी र समारोह,कन्सर्ट तथा भिडभाडमा भने लगाउन अनुरोध गरिएको छ।

विश्वव्यापी कोरोना महामारी तथा यसका बिभिन्न भेरियन्ट का कारण कोरोना फैलने भन्दै कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न कोरियाले विगत २ बर्षदेखी बाहिर निस्कदा अनिवार्य मास्क लगाउनु पर्ने नियम लागु गरेको थियो।

कोभिड सङ्क्रमणको चरम अवस्थाबाट सङ्क्रमण विस्तारै ओरालो लागेको करिव छ हप्ता पछाडी जनताको व्याक्तिगत चाहना तथा हार्दिकतालाई ध्यानमा राख्दै कोरिया सरकारले मास्क अनिवार्यता लाई हटाउने निर्णय गरेको हो।

अक्टोवर २०२० देखी लागु भएको यो नियम हालसम्म कायम छ,मास्क नलगाउने र नियम उल्लङ्घन गर्नेलाई जरिवाना भोग्न बाध्य पारिएको थियो भने अवदेखी बाध्यात्मक मास्क लगाउने तथा जरिवाना तिर्नुपर्ने नियम हटने भएको छ।

सरकारले मास्क अनिवार्यता लाई हटाएपनि स्वतस्फुर्त कोभिड बाट आफुलाई टाढा राख्न मास्क प्रयोग तथा सामाजिक दुरी कायम राख्न अनुरोध गरेको छ।सामाजिक दुरी कायम गर्न नसकिने तथा ५० जना भन्दा बढी भेला हुने ठाउँहरुमा मास्क अनिवार्यता लाई निरन्तरता दिईएको छ।

यो खबर कान्तिपुर प्रेसमा गुरुदत्त न्यौपानेले लेखेका हुन।

Author Since: Dec 06, 2019

Related Post