News

उत्तरकोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक मिसाईल प्रहार

सिओल

उत्तरकोरियाले जापानतर्फ ब्यालेस्टिक मिसाईल प्रहार गरेको छ ।

एनएचके अनलाईनमा प्रकाशित खबरका अनुसार,उत्तर कोरियाले ब्यालेस्टिक मिसाईस प्रहार गरेको र जापानको समुद्रमा खसालेको जापान सरकारले जनाएको छ ।

जापानी रक्षा मन्त्रालयलयका अनुसार, १२ बजेर १० मिनेटको समयममा उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको हो ।उक्त मिसाईल जापानी समुद्रमा खसिसकेको छ ।

उत्तर कोरियाले यसवर्षको सुरुवातदेखिनै आफ्नो परमाणु हतियारहरुको परिक्षणलाई तिब्र पार्दै आएको छ । पछिल्ला दिन रुस युक्रेनमा जापानको सहयोग तथा स्वतन्त्र ईन्डो प्यासेफिक अभियानमा जापानको अग्रसरता लगायतका विषयका कारण उत्तरकोरिया तथा चाईनाद्वारा जापानलाई चर्को दबाबमा पार्दै आएको छ ।

उत्तर कोरियाले प्रहार गरेको ब्यालिस्टिक मिसाईल प्रति दक्षिण कोरियाले घोर निन्दा गरेको छ।

Author Since: Dec 06, 2019

Related Post