कोरियामा अबैधानिक कामदारको लागी खुशीको खबर !निश्चित मापदण्ड भित्र रहने अबैधानिक कामदार पुन:बैधानिक हुन पाउने।
- by siddhartha@post
- 1 year ago
- 0 comments

गुरुदत्त न्यौपाने / कोरिया
दक्षिण कोरियामा बिभिन्न कारणले अबैधानिक बन्न पुगेका विदेशी कामदार निश्चित मापदण्ड पुर्याएर पुनः बैधानिक हुन पाउने भएका छन।कोरियाको मानव शंसाधन बिकास (एच आर डी) कार्यालयका नेपाली कर्मचारी श्याम खडकाले बताएअनुसार बिबिध कारणले कोरियामा अबैधानिक बन्न पुगेका कामदारका लागी पुन: बैधानिक बन्न पाउने नियम कोरियाको न्याय मन्त्रालयले ल्याएको हो।
उहाँका अनुसार कम्पनिले रिलिज पेपर नदिएर,काम खोज्ने समय नाघेर(तिन महिनाको समयाबधी),काम गरेर बिचमै भागेर,कम्पनी परिवर्तन गर्ने अप्सन सकिएर कोरियामा अबैधानिक हुन पुगेका अधिकाँश विदेशी कामदारहरु लाई बैधानिक हुन पाउने अबसर ल्याएकोले अबैधानिक कामदारले यो मौकाको फाईदा उठाउन सक्नेछन।
यो नियम ईपिएस मार्फत कोरिया आएको,कोरिया छिरेको ३ बर्ष अगावै अबैधानिक भएको र कोरियाको बसाई ३ बर्ष ननाघेको,थप भिषा हानेर अबैधानिक हुन पुगेकाहरु ४ बर्ष १० महिना नपुगेको अबस्थामा मात्रै यो योजनामा सहभागी हुन सक्नेछन।
यो योजनामा २०१९ डिसेम्बर १ तारिखदेखी २०२० मार्च ३१ सम्म अाबेदन दिन पाउने एचआरडी कोरियाले बताएको छ।माथी उल्लेखीत कारणबाट अबैधानिक हुन पुगेका विदेशी कामदारहरुले उल्लेखित मापदन्डहरु पुरा गरेमा पुन कोरियामा बैध भएर बस्न सक्नेछन।