बुधबार बिहानै उत्तर कोरिया द्वारा ३ वटा परमाणु हतियार प्रहार, ब्यालेस्टिक मिसाईल हुन सक्ने
- by siddhartha@post
- 1 year ago
- 0 comments

टोकियो
आज बिहानै उत्तर कोरियाद्वारा लगातार ३ वटा ब्यालेस्टिक मिसाईल जस्तै लाग्ने परमाणु हतियार प्रहारको जापानी रक्षा मन्त्रालयले जनाएको छ ।
जापानमा भएको क्वाड सम्मेलन र यसैको अवसरमा अमेरिकी राष्ट्रपती जो बाईडेनको दक्षिण कोरिया तथा उत्तर कोरिया भ्रमणको पुर्व सन्धामै विश्लेषकहरुले उत्तर कोरियाद्वारा परमाणु अस्त्रको शक्ति प्रदर्शन गर्न सक्ने आँकलन गरेका थिए । परिणामतः आज बिहानै ३ पटक मिसाईल प्रहार भएको जापानी संचार माध्यमहरुले खबर प्रकाशन गरेका छन् ।
आज बिहान ६ बजेर ३ मिनेट, ६ बजेर १८ मिनेट जाँदा तथा अर्को एउटा त्यसपछिको समयमा प्रहार गरिएको, जापानी रक्षा मन्त्रालय तथा दक्षिण कोरियाली सेनाले जनाएको छ ।
हालसम्म उत्तरकोरियाले आफुहरु परमाणु हतियारमा पुर्णरहेको देखाउने प्रयास स्वरुप विभिन्न मिसाईलहरुको परिक्षण गर्दै आएको छ । वास्तवमै प्रहार गरिदिएको खण्डमा या अभ्यासको क्रममा केहि गल्ति भएमा जापान तथा दक्षिण कोरियाका विभिन्न भागमा ठूलो क्षति गर्न सक्दछ ।