कोरिया खबर
देवेन्द्र पुनको शब्द, संगीत तथा मौषमी गुरुङको निर्देशनमा ‘तिमीलाई माया’ सार्वजनिक
- by siddhartha@post
- 9 months ago
- 0 comments

गुरुदत्त न्यौपाने/सिओल
कोरियामा कार्यरत यूवाहरुको सक्रियतामा ‘तिमीलाई माया’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक उत्तम मगरको स्वरमा सजिएको ‘तिमीलाई माया’ बोलको म्युजिक भिडियोमा देवेन्द्र पुनको शब्द, संगीत भने यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।
उक्त भिडियोमा सोनाम शेर्पा, मौसमी गुरुङ र रजनी राईको दमदार अभिनय रहेको छ। युवा प्रेम र आकषर्णलाई कलात्मक ढंगले प्रस्तुत गरिएको भिडियोमा माया,प्रेम,शँका र सम्बन्ध लाई रचनात्मक तवरले देखाउन खोजिएको छ।
दक्षिण कोरियाका बिभिन्न पर्यटकिय आकर्षण बोकेका ठाउँहरुमा छायाङ्कन गरिएको उक्त भिडियोको निर्देशन मौषमी गुरुङ ‘एन्जल हर्ट’ ले गरेकी हुन भने सम्पादन विजेश पौडेलले गरेका हुन।भिडियो डेमो क्रियशनको यूट्युब च्यानल बाट सार्वजनिक भएको छ।
भिडियो