१० वर्ष कोरिया बसेका युवा धर्मराज जोशीले नेपालमै दिनथाले युवाहरुलाई यसरी रोजगारी
- by siddhartha@post
- 1 year ago
- 0 comments

सिओल
नेपाल पुर्ख्यौली घर बझाङ थलारामा जन्मेका युवा व्यवसायी धर्मराज जोशी सुदुरपश्चिममा युवाहरुको भिडमाएक सफल युवाको रुपमा परिचित छन् ।कंञ्चनपूरको बेलडॉंडीमा हुर्केका र पढेका जोशी नेपालमा केही सम्भावना नदेखेपछी विदेश भासिन पुगेका थिए ।
लगभग १० वर्ष कोरिया बसेर नेपाल फर्केका धर्मराजको कोरिया यात्रा जिवन कै एक निर्णायक, यादगार र महत्वपूर्ण यात्राको रुपमासाबित भएको छ । कोरियामा व्यवसाय गर्न, समय सदुपयोग गर्न , रोजगारी का अवसर हरु सृजना गर्न लगायतका महत्वपूर्ण कुरा कोज्ञान हासिल गर्नु भयो ।
सुदुरपश्चिम समाज कोरियाको पूर्व अध्यक्ष र एनआरएनए कोरिया पूर्व केन्द्रीय सदस्य समेत रहेका जोशी समाजसेवी पनि हुन् । समाजका पिडाहरुलाई नजिक बाट बुझेका र देखेकाजोशी समाजिक कार्यमापनि उत्तिकै सकृय छन् ।
नेपल फर्केर युवा व्यवसायी धर्मराज जोशीले के-के गरे ?
सुदुरपश्चिमको धनगढीमा वाल पेपर एण्ड होम डेलीभरी डेकर को स्थापना गरेर लगभग ६ जना कामदार हरु राखे ।२०७७ सालमा सुरुगरेका थिए । यो सुदुरपश्चिम मै पहिलो पटक खोलिने व्यवसायमा उनले आफ्नो नाम सुनौलो अक्षरमा लेख्न सके । यो व्यवसायउद्घाटनको समयमा सवै मीडियाले व्यापक स्थान दिएका थिए ।
लगतै युवा उधमी जोशीले परिश्रमी बहुउद्देशीय सहकारी संस्था पनि खोल्नु भयो ।यो संस्थान ४ जना कार्यरत छन् । सेयर सदस्य ६००जना रहेका छन् । सुरुमा सेयर सदस्य कोरियाका थिए पछी अरु पनि थपिए । यसको मुख्य उद्देश्य भनेको “विदेशको सिप र पुजीनेपालमा लगानी र रोजगारी” नै हो ।कृषि आर्गेनिक सहितको भिजन बोकेका धर्मराज जोशी युवा माझ लोकप्रिय बन्दै गइरहेका छन् । यसको संस्थापक पनि अध्यक्षधर्मराज जोशी हुन् ।
त्यपछी , मालिकाअर्जुन हार्डवेयर प्राईवेट लिमिटेड खोलेर सुपको राजधानी अत्तरियामा सवैलाई चकित बनाए । हार्डवेयर सम्बन्धियुवाहरुलाई सिकाउने काम गरिरहेकापनि गरिरहेका छन् । हार्डवेयर व्यवसायीलाई व्यवस्थित गर्न खोजेको भन्दै जोशीले यसमा २१ जनाकामदारले काम गरिरेको बताए ।त्यसपछी उल्का गार्मेन्ट पनि खोल्नु भयो । यो बडेरा भन्ने ठाउँमा छ । यसमा ५० जना कामदार रहेका छन् । ५० वटा मेसिन जडानगरिएको छ । १०० जना को आवश्यकता रहेको तर अहिले ५० जनाले काम गरिरहेका छन् ।
व्यवसायि जोशीका अनुसार गार्मेन्टमा ५ करोड , हार्डवेयरमा १३ करोड , वालपेपरमा ३० लाख , सहकारीमा ५ करोड लगानी रहेकोबताएका छन् । यसरी धेरै युवाहरुलाई रोजगारी दिन सकेकोमा आफु सन्तुष्ट र खुसी भएको बताएका छन् ।सवै युवाहरुलाई रोजगारीलिने मात्र होईन् , दिन सक्ने बनाउने उद्देश्य रहेको युवा उधमी जोशी गौरवशाली योजना रहेको छ ।