नेपाली काङ्ग्रेस निकट प्रवास संगठन जनसम्पर्क समिति कोरियाको असन्तुष्ट पक्षले बृहत भेला गर्दै,आन्तरिक विवाद चुलिदै
- by siddhartha@post
- 8 months ago
- 0 comments

सिओल
नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियामा संस्थापन पक्षले पेलेर लिएको भन्दै त्यसको काउन्टरमा अर्को पक्षले बृहत भेला गर्ने जनाएको छ ।
सहमतिबाट टुंगिएको छैटौं महाधिवेशन पश्चात् हाल संगठनका गतिविधिहरु एकलौटी ढंगले संचालन भएको भन्दै असन्तुष्ट पक्षले उक्त भेलाको आयोजना गरेको हो । सबैलाई समेटेर संगठनका गतिविधि संचालन गर्न नसकेर नेतृत्व असक्षम बनेको साथै पूर्वाग्रह ढंगले संचालन भएको भन्दै असन्तुष्ट पक्षले आउदो जुलाई २४ मा राजधानी सौलमा बृहत भेला आयोजना गर्न लागेको जनाएको छ । केही दिन अगाडि सिमित व्यक्तिहरु भेला गरेर जबर्जस्त विद्यान अधिवेशन गरेको यो पक्षको आरोप छ ।
पछिल्लो समय संगठन भित्र एकलौटी ढंगले संस्थापन पक्ष अगाडि बढेको र चर्को विवादका बिच ‘विधान अधिवेशन’को नाटक मञ्चन गरेको आरोप लगाउदै आएको असन्तुष्ट पक्षले छुट्टै भेलाको तयारी गरेको हो।दक्षिण कोरियामा सबै क्षेत्रमा प्रभाव पार्ने सत्तारुढ दलको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण काेरिया फेरि आन्तरिक विवाद उन्मुख देखिन्छ ।
१५८ जना महाधिवेशन प्रतिनिधिहरु रहेको जनसम्पर्क समिति दक्षिण काेरियामा पछिल्लो समय बढ्दै गएको विवादले उग्र रुप लिने संकेत गरेको छ ।निवर्तमान सभापति आस्थाविन्दु मल्लले सहमतिमै समग्र संगठनमा एकताको सन्देश दिदै नेतृत्व भजिन्द्र क्षेत्रीलाई हस्तान्तरण गरेकि थिइन् ।सहमतिमै पूर्व प्रतिष्पर्धी विचकाे सहज नेतृत्व हस्तान्तरणले अत्यन्तै राम्रो सन्देश दिएपनि त्यसको सदुपयोग हुन नसकेको जनसम्पर्क समिति दक्षिण काेरियाका एकजना सल्लाहकार दुखेसो व्यक्त गर्छन् ।
संस्थापन पक्षले एकतर्फी अधुरो विधान अधिवेशन पास गरेको सन्देश प्रवाह गरेपछि असन्तुष्ट पक्षले गरेको जुलाई २४ को भेलामा खुल्ला बहस, छलफल, भावी रणनीति तय हुने बताइएको छ ।उक्त भेलामा नेपाली जनसम्पर्कका महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पूर्व सभापति, सल्लाहकार, पार्टीका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु लगायतलाई सहभागी हुन उनीहरूले आह्वान गरेका छन् ।