माओबादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मंच कोरियाले भर्चुअल माध्यम मार्फत प्रशिक्षण कार्यकम गर्ने
- by siddhartha@post
- 1 year ago
- 0 comments

सिओल
माओबादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मंच कोरियाले भर्चुअल माध्यम मार्फत आन्तरिक राजनैतिक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।
यहि जुलाइ ३० गते शनिबारका दिन गरिने प्रशिक्षण कार्यक्रम लाई माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रबाश समन्वय समिति सह-इन्चार्ज लक्ष्मण पन्त ले पार्टी का भाबी योजना तथा अन्य समसामयिक बिषय बस्तुमा विशेष प्रशिक्षण दिने जनाइएको छ ।
झन्डै ३ घन्टा सम्म चल्ने कार्यक्रममा प्रबास समन्बयन समिति अध्यक्ष ओम शर्मा र सचिब टेक बहादुर पाठक ले प्रबासका संगठन हरुलाइ अझ चलायमान बनाउन निभाउनु पर्ने भुमिका र जिम्मेवार सदस्य हरुको दायित्व लगायतका बारेमा प्रशिक्षण दिने बताइएको छ ।
पछिल्लो समयमा पार्टी भित्र बिकशित हुँदै गएका विभिन्न बिचार र ध्रुबिकरण हरुका बारेमा प्रबास कमिटिमा जानकारी गराउने र आउनै लागेको संघ र प्रदेश को निर्बाचनमा प्रबास कमिटिको भुमिका को बारेमा छलफल गर्ने उदेश्य ले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको संगठनका अध्यक्ष इश्वर कठायत ले बताए ।
कोरियामा लामो समय देखि शसक्त रुपमा सक्रिय रहदै आएको माओवादी केन्द्रको संगठन अत्यन्तै लोकप्रिय रहेको छ ।