कोरिया खबर
भदौ १७ देखि काठमाडौंमा कोरियाली फिल्म फेस्टिभल, विश्व चर्चित चार फिल्म हेर्न पाईने !
- by siddhartha@post
- 9 months ago
- 0 comments

काठमाडौं
कोरियाली फिल्म फेस्टिभलको १६ औं संस्करण भदौ १७ गतेदेखि काठमाडौंमा हुने भएको छ । दक्षिण कोरियाली दूतावासको आयोजनामा हुने फेस्टिभल दुई दिनसम्म चल्नेछ ।
ललितपुरस्थित क्यूएफएक्स लबिम मलमा आयोजना हुने फेस्टिभलमा निःशुल्क फिल्म हेर्न पाइने दूतावासले जनाएको छ ।
भदौ १७ गते शुक्रबार सेक्रेट्ली ग्रेट्ली, लक की, अ ट्याक्सी ड्राइभर र सेक्रेट जु फिल्म प्रदर्शन हुनेछन् । भदौ १८ गते शनिबार ती चारै फिल्मलाई रोटेसन समयको आधारमा पुनः प्रदर्शन गरिने भएको छ ।
‘फेस्टिभलले दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिएका छौं,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोरियामा रुचाइएका र प्रसिद्ध फिल्मलाई प्रदर्शन गर्न लागिएको जनाइएको छ ।अनलाईन खबरबाट