समाचार

नयाँ आइप्याड र म्याकबुक ल्याउँदै एप्पल

सिओल

अमेरिकी कम्पनीले एप्पलले यो वर्ष सन् २०२२ को उत्तरार्धतिर नयाँ म्याकबुक प्रो तथा आइप्याड प्रो को उत्पादन सुरु गर्ने बताइएको छ ।

विश्लेषक मिंग चि कुओका अनुसार म्याकबुक प्रो र आइप्याड प्रोमा नयाँ प्रोसेसर हुनेछ ।

विश्लेषक कुओले एक ट्वीट गर्दै यो वर्षको अन्तिम त्रैमासिकमा १४ इन्च र १६ इन्च मोडेलका म्याकबुक प्रोका मोडेलको आम उत्पादन सुरु हुने बताएका छन् ।

तीन नानोमिटरका चिप सन् २०२३ बाट मात्र उत्पादन सुरु हुने भएकाले नयाँ म्याकबुक प्रोमा ५ नानोमिटरका चिप प्रयोग हुने बताइएको छ । यसअघि नयाँ म्याकबुकमा ३ नानोमिटरका चिप प्रयोग हुने बताइएको थियो ।

Author Since: Dec 06, 2019

Related Post