कोरियाली पटका महोत्सबको तयारी सकियो,१ लाख पटका तयारी अवस्थामा !
- by siddhartha@post
- 12 months ago
- 0 comments

गुरुदत्त न्यौपाने/सिओल
आज बेलुकी ७:२० देखी ८:३० सम्म कोरियाली आकाश पटकाहरुले रंगिन हुनेछ।हान्ह्वा ग्रुप अफ कम्पनीको आयोजनामा हुन गईराखेको सिओल अन्तरास्ट्रिय फाएरवोर्कस फेश्टिबल -२०२२ मा १२ लाख मानिसको प्रत्यक्ष उपस्थिति हुने आँकलन गरिएको छ।हानगाङ रिभरसाईड पार्कमा कोरिया जापान र ईटलीको टोलीले आतिसबाजी कला देखाउनेछन।
करिव १ लाख बिभिन्न रंगिन पटकाहरु १ घन्टासम्म लगातार पडकाईनेछ।लाखौँको सङ्ख्यामा उपस्थित जनताको प्रत्यक्ष उपस्थितिमा देखाईने उक्त कलाले उपस्थितहरुलाई मन्त्रमुग्ध पारिने आयोजकले बताएको छ।
आतिसबाजी कला पछि एफ्टर पार्टी ,स्ट्रिट फुट तथा कन्सर्टको भरपुर मनोरन्जन लिन पाईनेछ।मानिसहरुको उपस्थिति कार्यक्रम हुनुभन्दा अगाडीनै खचाखच हुने भएकोले राम्रो संग अवलोकन गर्न चाहनेहरु दिउसै उपस्थित हुनुहोला।
सउल मेट्रो लाईन ५ को 여의나루 स्टेशनको २ र ३ नम्बर गेट साथै ९ नम्बर लाईनको 셋강 स्टेशनको ४ नम्बर गेट बाट निस्किई उत्सबको आनन्द लिन सकिने छ।समय हुने सबै साथीहरुले उपस्थित भई भरपुर मनोरन्जन लिनुहोला।