विश्वकपमा यसकारण मास्क लगाएर खेलिरहेका छन् कोरियाली फुटवल खेलाडी सन !
- by siddhartha@post
- 6 months ago
- 0 comments

कतारमा जारी फिफा विश्वकपमा दक्षिण कोरियाले पहिलो खेलमा उरुग्वेविरुद्ध र हिजो घाना बिरुद्द खेल्यो । यी दुई टोलीबीचको खेल एजुकेसन सिटी स्टेडियममा भएको थियो छ । खेलमा दक्षिण कोरिया टिमका कप्तान ह्युङ–मिन सन कालो मास्क लगाएर खेलिरहेका छन् ।
टोटेनह्यामका यी स्टारले फेसनका लागि नभएर अनुहारमा लाग्नसक्ने चोटबाट जोगिन मास्कको प्रयोग गरेका हुन् । मास्क अनुहारको हड्डीलाई प्रभावबाट जोगाउन डिजाइन गरिएको छ । र, यसले थप चोटपटकको जोखिमलाई कम गर्छ । नोभेम्बरको सुरुमा मार्सेलीविरुद्धको च्याम्पियन्स लिगको भिडन्तमा टोटेनहमका लागि खेल्दा सनलाई चोट लागेको थियो ।
चान्सेल एम्बेम्बासँग टक्कर हुँदा उनको आँखामा चोट लागेको थियो । आँखाको चोटलाई पूर्णरूपमा निको बनाउन उनले शल्यक्रिया गर्नुपर्यो । यसले गर्दा सन दक्षिण कोरियाको विश्वकप टोलीमा नपर्ने सम्भावना थियो । त्यसका बाबजुत पनि दक्षिण एसियाकै यी स्टारलाई विश्वकपमा देख्न पाइएको छ ।
फुटबलमा अनुहारको मास्क सामान्य नदेखिए पनि धेरै हाई प्रोफाइल खेलाडीहरूले खेल्दा त्यसलाई लगाउने गरेका छन् । उदाहरणका लागि एन्टोनियो रुडिगर । उनले युरो २०२० मा जर्मनीका लागि खेल्दा मास्क लगाएका थिए ।