कोरिया खबर

जापानपछि कोरियाले मच्चायो तहल्का, पोर्चुगललाई धुलो चटाउँदै पुग्यो नकआउट !

सिओल

दक्षिण कोरिया विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको आफ्नो निर्णायक खेलमा पोर्चुगललाई २–१ गोल अन्तरले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दक्षिण कोरियाका लागि किम योङ वन र ह्वाङ हिचाले गोल गरे । यता पोर्चुगलका लागि रिकार्डो होर्टाले एक गोल गरे । खेलको पाँचौ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

खेलको २७ औं मिनेटमा किम योङ वनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । खेलको इन्ज्यूरी समयमा हिचाले गोल गर्दै दक्षिण कोरियालाई नकआउट चरण पुगाए ।

जितसँगै दक्षिण कोरियाले तीन खेलबाट ४ अंक जोड्यो । दक्षिण कोरिया समूह उप–विजेता हुँदै अन्तिम १६ मा पुग्यो । यता पोर्चुगलले ३ खेलबाट ६ अंक जोड्यो ।

दक्षिण कोरियासँग समूह ‘एच’को अन्तिम खेलमा २-१ गोलको नतिजामा पराजित भए पनि पोर्चुगल समूह विजेता बनेको छ। सुरुआती दुई खेलमा जितसहित एक खेल अगावै अन्तिम १६ मा पुगिसकेको पोर्चुगलले क्वार्टरफाइनल प्रवेशका लागि समूह ‘जी’को उपविजेतासँग खेल्ने छ।

समूह ‘एच’को पहिलो खेलमा घानालाई ३-२ गोलको नतिजामा पराजित गरेको पोर्चुगलले दोस्रो खेलमा उरुग्वेलाई २-० ले हराएको थियो। आजको खेलमा हार टार्न नसक्दा पोर्चुगल अपराजित रहँदै प्रि-क्वार्टरफाइनलमा पुग्न असफल भएको हो।

शुक्रबार राति इजुकेसन सिटी रंगशालामा भएको खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। डिएगो डालोटले दिएको पासमा पेनाल्टी एरिया भित्र अन्मार्क्ड रहेका होर्टाले उत्कृष्ट फिनिसिङ गर्दै पोर्चगललाई अग्रता दिलाएका थिए।

तर, योङ ग्वोन किमले गरेको गोलसँगै दक्षिण कोरियाले बराबरी गरेको थियो। पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले हेडरमार्फत क्लियर गर्न खोजेको बल किमको खुट्टामा पुगेको थियो। सोही मौकाको सदुपयोग गर्दै उनले दक्षिण कोरियालाई बराबरीमा फर्काए।

दोस्रो हाफमा बल पोसेसनमा हाबी बनेको पोर्चुगलले अवसर सिर्जान गरे पनि फिनिसिङमा चुक्दा गोल गर्न सकेन। समूह चरण पार गर्न पोर्चुगललाई हराउनै पर्ने दबाबमा रहेको कोरियाले काउन्टर अट्याकमा केही मौका बनाए पनि पोर्चुगिज रक्षापंक्ति छिचोल्न सकेको थिएन। तर, इन्जुरी समयमा कोरियाका ही चान ह्वाङले गरेको गोलसँगै दक्षिण कोरिया विजयी भएको हो।

Author Since: Dec 06, 2019

Related Post