कोरिया खबर

इपिएस कोरियन भाषा परिक्षा तयारीका लागि यूविटी अनलाइन पोर्टल कोरियाबाट संचालनमा

सिओल

कम्प्युटरमा आधारित (युविटी) इपिएस कोरियन भाषा परिक्षा तयारी गरिरहेका विद्यार्थीलाइ मध्यनजर गरि कोरियाबाटै युविटी अनलाइन पोर्टल (इपिएसयुविटी डटकम) संचालनमा आएको छ ।

रोजगारीको आकर्षक केन्द्रविन्दु रहेको दक्षिण कोरिया जानका लागि अनिवार्य कोरियन भाषा परिक्षा उतिर्ण गर्नुपर्ने हुन्छ । हजारौ परिक्षार्थीसँग प्रतिस्पर्धा गर्नको निम्ती हरदम तयारी अवस्थामा रहनु पर्ने हुँदा, कोरियन भाषा सिकाइ र परिक्षा तयारीका लागि गुणस्तरिय स्रोत र साधनहरु छनौट गर्नु महत्वपूर्ण हुन्छ । कोरियन भाषा विद्यार्थीका यिनै कुराहरुलाइ ध्यानमा राखी इपिएस कोरियन भाषा परिक्षा (युविटी) ढाँचासँग हुबहु मिल्ने सरल, सुलभ, सस्तो र गुणस्तरिय अनलाइन पोर्टल संचालनमा ल्याएको इपिएसयुविटी डटकम का प्रबन्धक निर्देशक एन्टिक आशिषले बताउनु भयो ।

उक्त पोर्टल प्रयोगका लागि तोकिएको शुल्क एक पटक तिरिसकेपछि वर्षभरि असिमित परिक्षा प्रश्नपत्रहरु अभ्यास गर्न सकिनेछ । त्यससँगै अनलाइन पोर्टल भएकोहुदाँ देशभरिका प्रतिस्पर्धीसँग एकसाथ लाइभ परिक्षाको पनि तयारी गर्न सकिने जानकारी दिएका छन् । मोबाइल, ट्याब र कम्प्युटरबाट चलाउन सकिने उक्त पोर्टल इपिएस कोरियन भाषा परिक्षा (युविटी) ढाँचामा जस्तै अनुभव लिनका लागि ट्याबमा अभ्यास गर्न इपिएसयुविटी डटकम का प्रबन्धक निर्देशक एन्टिक आशिषले सुझाब दिएका छन् ।

उनका अनुसार यस पोर्टल विद्यार्थीहरुका लागि मात्र नभएर कोरियन भाषा केन्द्रहरुले पनि प्रयोग गर्न सक्नेछन् । भाषा केन्द्रहरुले प्रयोग इजाजत लिइ आफ्ना विद्यार्थीहरुलाइ आफ्नै परिक्षा प्रश्नपत्र अभ्यास गराउन पनि सक्नेछन् । त्यससँगै पोर्टल संचालनका लागि आवश्यक तालिम तथा सहयोग पनि गर्न सकिने बताउनु भयो ।

यस अनलाइन पोर्टल कोरियामा कार्यरत, अध्ययनरत नेपालीद्वारा कोरियन शिक्षक, शिक्षिकासँगको सल्लाह, सुझाब र सहकार्यमा निमार्ण गरिएको हो । साथै नयाँ वर्षको उपलक्ष्यमा दर्ता शुल्कमा विशेष छुट रहेको जानकारी संचालक टिमले जानकारी दिएको छ।

Author Since: Dec 06, 2019

Related Post