कोरिया खबर

कोरियामा खतरनाक धुलोको कण ( 미세먼지) देखा पर्दै,उच्च शतर्कता अपनाउन अनुरोध !

गुरुदत्त न्यौपाने / सउल

दक्षिण कोरियाको वायुमन्डलमा आज बिहान खतरनाक धुलोका मसिना कण (मिसेमन्जी) देखा परेको छ।बढदो सहरीकरण,वायु प्रदुषणका कारण शुक्ष्म धुलोका कणले कोरियाको वायुमन्डललाई ढाकेको छ।

चीनबाट आएको उक्त कणले कोरियाको भिजिविलीटीलाई प्रत्यक्ष प्रभाव पार्ने भएसंगै ड्राईभिङ्ग गर्नेहरुलाई उच्च शतर्कता अपनाउन सुझाईएको छ।

कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेसन ले बताएअनुसार आज बिहान ६ बजेदेखी ९ बजेसम्म धुलोको कणले भिजिविलिटी लाई असर गर्नेछ।

धुलोका शुक्ष्म कण (मिसेमन्जी) मानव शरीरलाई अत्यधिक खतरनाक भएको एक अध्ययनले प्रमाणित गरेको छ ।यसले बिशेषगरी स्वासप्रस्वास संग सम्बन्धित रोग निम्त्याउने हुँदा बाहीर निस्कदा मास्कको प्रयोग गर्न सुझाईएको छ।

आज मिसेमन्जीको मात्रा अत्यधिक हुने भएसंगै कोरियामा रहेका lG U PLUS,kt र sk टेलिकमले आफ्ना ग्राहकहरुलाई ईमरजेन्सी एलर्ट पठाएको छन।

म्यासेज मार्फत पठाईएको ईमरजेन्सी एलर्टमा भनिएको छ कि” बिहान ६~९ वजेसम्म सउल,ईन्छन,ख्यङ्गीदो र छुङछङबोक्दो,छुङ्छङनाम्दो मा मिसेमन्जी अत्यधिक देखा पर्नेछ।सकभर बाहीर नहिडौँ,हिडनै परेमा सार्वजनिक यातायात प्रयोग गरौँ,मास्कको प्रयोग गरेर मात्र बाहीर निस्कौँ” भनेर एलर्ट जारी गरेको छ।

दक्षिण कोरियाली वातावरण मन्त्रालयका अनुसार दक्षिण कोरियाको अधिकाँश भुभागको वायुमन्डलमा आज खतरनाक धुलोको कण मिसेमन्जी को दर धेरै नराम्रो स्तरमा बढने अनुमान छ।

दक्षिण कोरियाले वायु प्रदुषण तथा मिसेमन्जी राम्रो,ओौषत,खराब र धेरै खराब गरी चार भागमा वर्गिकरण गरी मापन गर्दछ।चिन बाट प्रवेश गरेको अत्यन्तै शुक्ष्म(माईक्रो) अल्ट्राफाईन धुलोको कणले कोरियाली वायुमन्डल ढाकिने भएपछी यहाँको पर्यावरण अनुसन्धान महाशाखा ले आफ्ना जनतालाई सकभर बाहिर ननिस्कन सुझाएको छ।

Author Since: Dec 06, 2019

Related Post