कोरिया खबर

कोरिया बसेर फर्केका दुई युवाले कावासोतीमा सन्चालनमा ल्याए ‘स्केट पार्क’

कोरिया बसेर फर्केका दुई युवाले कावासोतीमा सन्चालनमा ल्याए ‘स्केट पार्क’

कोरिया बसेर फर्केका दुई युवाले कावासोतीमा स्केट पार्क सन्चालनमा ल्याएका छन् । बालबालिका र किशोर किशोरीलाई लक्षित गरेर कावासोती सभापती चोक (मध्यबिन्दु क्याम्पस पछाडी) सन्चालनमा ल्याइएको स्केट पार्क नवलपुरकै पहिलो भएको सन्चालन कर्ताले बताए ।

लामो समय कोरिया बसेर फर्केका हुप्सेकोटका दिनेश मल्ल र सोम कानुन मगरले करिब साठी लाख खर्चेर सुरु गरेको स्केट पार्कमा सुरुवातमा स्केटको मज्जा लिन सकिन्छ भने बिस्तारै अन्य मनोरञ्जनात्मक खेल थपिदै लगिने बताए ।

आफुहरुले कोरीया बसाईको क्रममा स्केट खेल खेलेको र नेपालको पनि अन्य ठाउमा स्केट पार्क देखेको तर यो ठाउँमा नभएकोले केही नया गरौँ भनेर सयुंक्त लगानीमा पार्क सन्चालनमा ल्याएको बताए ।

स्केटको मज्जा लिन र सिक्न आउनेको लागी आफुहरुले सिकाउने ब्याक्ति सहित प्रयाप्त सुरक्षाको सामाग्री राखेको बताए । सुरुवातमा अहिले एक घण्टा स्केट खेलेको १५० रुपिया मात्रै शुल्क कायम गरेको सन्चालक दिनेश मल्लले जनाए ।

Author Since: Dec 06, 2019

Related Post