कोरिया पठाउन सिप भन्दा औद्योगिक दुर्घटनाबाट बच्ने उपायबारे बुझाउन जरुरी
- by siddhartha@post
- 1 year ago
- 0 comments

कोरियामा सिप सिकेर होइन, दुर्घटनाबाट कसरी बच्ने जानकारी लिएर आउनु राम्रो हुने बताउँछन्, प्रवासी मजदुर युनियन (एमटियु)का महासचिव मधुसुदन ओझा । कोरियामा रहेर मजदुर हक, अधिकार बारे आवाज उठाउँदै आएका अधिकारकर्मी ओझा कोरिया आउने नेपाली कामदारले सिप सिकेर कोरिया आउन भन्दा बरु औद्योगिक दुर्घटनाबाट कसरी बन्च सकिन्छ ?
कार्यस्थल सम्वन्धि जानकारी र कोरियामा प्रयोगमा ल्याईने बिभिन्न मेसिनको प्रयोग सम्बन्धी जानकारी लिएर आउनु राम्रो हुने बताउँछन् । नेपालीले नेपालमा जति नै सिप सिकेर गएको भए पनि E9 भिषामा कोरिया जाने कामदार जति सबै अदक्ष कामदारको बिल्ला भिरेरै जानु पर्ने त्यहाँको यथास्थिति भएको बताउँछन् । कोरिया आएको १७ दिनमै औद्योगिक दुर्घटनामा नेपालीले ज्यान गुमाई राखेका छन त्यसैले पनि कोरिया जानु अघि सिप परिक्षा भन्दा औद्योगिक दुर्घटनाबाट बच्ने सुरक्षाका बारेमा जानकारी दिनुपर्ने उनको जोड छ ।
“बिना योग्यता बिना सिप भनेर कोरिया आउने कामदार का लागि स्किल टेस्ट के का लागी ? बरु औद्योगिक दुर्घटना बाट कसरी बन्च सकिन्छ प्रवासी श्रमिक जादै गरेको कार्य स्थल सम्वन्धि बिभिन्न जानकारी कोरियामा प्रयोग मा ल्याईने बिभिन्न मेसिनको प्रयोग सम्बन्धी जानकारी सुरक्षा सम्बन्धी तालिम दिन जरुरी छ ।
कोरिया आएको १७ दिनमै औद्योगिक दुर्घटनामा प्रवासीले ज्यान गुमाई राखेका छन हाम्रो सरोकारवाला दिन प्रतिदिन कोटा बढाइ दिनुपर्यो भनि बिन्ति गर्छ । कोटापनि बढ्छ १२/१५ हजार पास पनि हुन्छन ९० हजारले फर्म भर्छन उक्त फर्म फिसबाट मात्र अरवौ पैसा उठाइन्छ । हाम्रो देशका कोरियन भाषा केन्द्रहरु १००% प्रतिशत ग्यारेन्टीका साथ कोरिय भाषा पास गराउने नाममा लाखौ असुली राखेका छन । ठुलै सङ्घर्ष गरेर भोक तिर्खा नभनि कोरियन भाषा पास गरेको युवा लाई ठुलो आस जाग्छ । अव त कोरिया जाने योग्य त भयो अव त मेडिकल गर्ने जाव अप्लिकेशन फार्म भने अनि रोस्टरमा बसेर नाम आएपछि कोरिया जाने भनेर तर जव पास हुदैमा योग्य हुने होइन योग्य हुन त स्किल टेस्ट पनि पास हुनुपर्छ भन्ने उर्दि जारि गरिन्छ । त्यसपछि उसका सबै सपना टुटछन फेरी मालामाल हुन्छन तिनै कोरियन भाषा केन्द्रहरु कोरियामा नेपालि युवाहरु स्किल टेस्ट पास गरेर आउछ ।
तर रोजगार स्थलमा स्किलटेस्ट पास गरेको भनेर कुनै फरकै व्यवहार गर्दैन यात भनौ कि उसलाई फरकै दक्ष कामदार भनि सोच्दैन । “मुख्य हामि E9 भिषामा कोरिया आउने कामदार जति सबै आउने नै अदक्ष कामदार को बिल्ला भिरेर हो । अनि अदक्ष कामदारको रुपमा भित्र्याउने इस्किल टेस्ट पनि भन्ने । यदि स्किल टेस्ट राख्ने हो यात फेरी स्किल टेस्ट पासगरे पछि दक्ष कामदार भनि प्रमाणपत्र पनि दिनु पर्यो ।”