इपिएस स्किल टेस्टका परिक्षार्थीको मागपत्र ग्वार्कोमा पेश, राखे यस्ता माग( मागपत्र सहीत ):
- by siddhartha@post
- 1 year ago
- 0 comments

काठमाडौँ । एचआरडी कोरियाले हालै सार्बजनिक गरेको ईपीएस सीप परीक्षण परीक्षा स्कील टेस्टको नतिजा खारेज गर्न नेपाली परीक्षार्थीले माग गरेका छन् । उनीहरुले केहि दिन अघि सार्बजनिक भएको स्कील टेस्टको नतिजा पारदर्शी नभएको भन्दै नतिजा खारेज गर्न वैदेशिक रोजगार विभागलाई ध्यानाकर्षण गरेका थिए । हिजोमात्रै उनिहरुले ग्वार्कोमा उपस्थित भएर आफ्ना मागहरु पेश समेत गरेका छन।
लिखित परिक्षामा १२ हजार १० जना उतीर्ण भए पनि सीप परीक्षणमा ६ हजार ७ सय ७३ जना नेपाली मात्र उत्तीर्ण भएका थिए । स्कील टेस्टको नतिजामा एकैदिन सहभागी भएका ३६५ नाम नपरेको गुनासो गरेका छन। उनिहरुले अहिलेको नतिजाबारे पुनर्मुल्याङ्कन हुन नसके आगामी भाषा परिक्षामा भाषा परिक्षा नदिएर सिप परिक्षण मात्र गराउन माग गरेका छन । यदी हाम्रा माग पुरा नभए अन्य कदम चाल्न वाध्य हुने समेत उनिहरुले आफ्ना मागपत्रमा पेश गरेका छ।
कोरियाले यसै वर्षदेखि भाषा परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीले सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्ने व्यवस्था गरेको थियो। भाषा परीक्षा पास भएकाहरूले स्किल टेस्ट दिनुपर्छ। स्किल टेष्टमा व्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्छ र रोजगारदाताले उक्त भिडियो हेरेर नेपाली श्रमिकको छनोट हुने गरेको छ। यो सामाग्री सेयर गर्नुहोस।