कोरिया खबर

कोरियन प्रहरी अधिकृतमा नेपाली सम्झना राई

दक्षिण कोरिया । देश होस या बिदेशमा कुनैपनी नेपालीले गर्वको कार्य गर्दा कसको मन खुशी नहोला र । बि बिभिन्न देशमा नेपालीले यस्तो गरे उस्तो गरे भनेर सुन्दै अाइरहेका छौ यस्तैमा परेकी छिन् नेपाली मुलकी चेली सम्झना राई ।राई अहिले कोरियन प्रहरीमा प्रहरी अधिकृत छिन् । दक्षिण कोरियाको प्रहरी अधिकृतको रूपमा पहिलो पटक नेपाली मुलकी चेली भर्ती भएकी हुन् ।

सन् २०१० मा कोरियाबाट नेपाल भ्रमण आएका कोरियन युवासँग प्रेममा परेपछी त्यसै वर्ष उनी भिजिट भिसामा कोरिया प्रवेश गरेकी थिइन् । भिजिट भिसामा कोरिया प्रवेश गरेकी उनी प्रवेश सँगै उनका प्रेमी कोरियन युवासँग नै विवाह गरेर कोरियामै बसिन्। नेपालको भोजपुरमा जन्मिएकी २८ वर्षीय सम्झना राई उक्त प्रेमी कोरियन युवासँग विवाह गरी कोरिया पुगेकी थिइन् ।

उनले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासन सम्बन्धी सङ्कायमा भर्ना भई अध्ययन समेत पुरा गरिन् । २८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् । सन् २०१५ मा छुसन विश्वविद्यालयमा अध्ययन पुरा गरेकी उनले उक्त विद्यालयमा नै केहि महिना शारिरिक, स्वास्थ्य र यहाँको प्रशासन सम्बन्धी परिक्षामा एकपछि अर्को उत्तीर्ण गर्दै गईन्।

परीक्षामा उत्तीर्ण भएसँगै आफ्नो समाचार कोरियन सञ्चार माध्यममा आएको थाहा पाएकी राईले पुलिस अफिसर बन्ने सपना पुरा भएको बताएकी थिइन्। नेपालमा प्रहरी बन्ने सपना भए पनि उचाईँ, उमेर र झन्झटिलो प्रक्रियाका कारण आफू बञ्चित भएको राईले बताएकी छिन्। यसरी प्रहरी अधिकृत भएपछि उनी निकै खुशी छिन्। यो सामाग्री सेयर गर्नुहोस् ।

Author Since: Dec 06, 2019

Related Post