News

बिग मर्जरपछि विदेशमा शाखा खोल्ने ग्लोबल आईएमई बैंकको योजना

नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तर्क्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए ।उनले गैरआवासीय नेपालीको समेत लगानी निर्माण हुँदै गरेको दोर्दी जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा आउने बताए । उनले हाल अस्ट्रेलिया लगायत भारत, बेलायत, मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारी शुरू भएको पनि बताए ।

नेपालमा प्रदेश–प्रदेशहरू र स्थानीय सरकारबीच विकासमा प्रतिस्पर्धा पनि शुरू भएकाले लगानीका सम्भावना झन् बढेर गएको उनले बताए । आफ्नो समूहले चन्द्रागिरि केवलकार तथा रिसोर्ट जस्तै परियोजना अन्य ७ राज्यमा पनि निर्माण गर्न लागेको उनले बताए ।अन्तर्क्रियामा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो संस्था १० अर्ब बराबरको गैरआवासीय नेपालीको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । कोष निर्माणसँगै नेपालमा गैरआवासीय नेपालीको ठूलो तथा संयुक्त लगानी शुरू हुने बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गैरआवासीय नेपालीमा लगानीको आत्माविश्वास अझै पैदा नभएको बताए । नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाँबाट पूँजी लगानी गर्न पाइने वातावरण बनेमा गैरआवासीय नेपाली लगायत वैदेशिक पूँजी नेपालमा भित्रिन सक्ने उनले बताए ।

उनले गैरआवासीय नेपालीको समेत लगानी निर्माण हुँदै गरेको दोर्दी जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा आउने बताए । उनले हाल अस्ट्रेलिया लगायत भारत, बेलायत, मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारी शुरू भएको पनि बताए ।कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैरआवासीय नेपालीले ठूलो मात्रामा संयुक्त पूँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफूलाई विश्वास भएको भन्दै आफूहरूले पूँजी संकलनमै जोड दिनुपर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील २ दर्जन व्यवसायी तथा गैरआवासीय नेपाली अगुवा उपस्थित थिए ।आफ्नो समूहले चन्द्रागिरि केवलकार तथा रिसोर्ट जस्तै परियोजना अन्य ७ राज्यमा पनि निर्माण गर्न लागेको उनले बताए । via-lokaantar

Author Since: Dec 06, 2019

Related Post