News

अस्ट्रेलियामा नेपाली विद्यार्थी रोक्नुपर्छ

अस्ट्रेलियाको शैक्षिक क्षेत्रक विज्ञले अध्ययनका लागि आएका नेपाली विद्यार्थीहरुको बढ्दो संख्यालाई अध्यागमन विभागले ‘रातो झन्डा’ देखाउनुपर्ने बताएका छन् ।विश्वविद्यालयका प्राध्यापक एन्ड्रयु नर्टन र सिड्नी विश्वविद्यालयका सहप्राध्यापक सालभाटोर बबोन्सले ‘नेपाली विद्यार्थीले अस्ट्रेलियाको महँगो शिक्षा लिन नसक्ने दाबी गर्दै अध्यागमनले उनीहरुको आवागमन रोक्नुपर्ने’ बताएका हुन्।

करिब ३ करोड जनसंख्या भएको देशबाट ५० हजार बढी विद्यार्थी अध्ययनका लागि आउनु आफैंमा गम्भीर विषय हो,’ स्थानीय दैनिक पत्रिका ‘द सन्डे मर्निङ हेराल्ड’ ले उल्लेख गरेको छ। नेपालको जनसंख्याका आधारमा विद्यार्थीको अधिक संख्या, उनीहरुको अध्ययन, आर्थिक हैसियत लगायत विषयका आधारमा अध्यागमन निकाय गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ।नेपाल धेरै जनसंख्या भएको देश पनि होइन र यो गरिब छ,’ नर्टनले भनेका छन्, ‘उनीहरुले कसरी अस्ट्रेलियाको अध्ययन खर्च धान्न सक्छन भन्ने प्रश्न सृजना गरेको भएको छ।’उनीहरुले अस्ट्रेलिया आउने नेपाली विद्यार्थीहरु अधिकांश व्यावसायिक शिक्षा अध्ययनका लागि आउने र थोरै तलबमा धेरै काम गर्न बाध्य हुनेसमेत दाबी गरेका छन्। सन् २०१७ यता अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी भित्रने देशको सूचीमा चीन र भारतपछि नेपाल रहेको छ। सूचीमा मलेसिया, भियतनाम र इन्डोनेसिया नेपालभन्दा पछि छन्।

अस्ट्रेलियाली सरकारको तथ्यांक अनुसार एक वर्षको अवधिमा ६५ हजार ७४६ जना नेपाली विद्यार्थीले अस्ट्रेलियामा बिभिन्न बिषय अध्ययनका लागि भर्ना गरिसकेका छन्। शिक्षा विभागका अनुसार तीमध्ये उच्च शिक्षाका लागि ३२ हजार ७ सय ५१ विद्यार्थी र व्यावसायिक तालिमतर्फ २८ हजार १ सय ४९ ले भर्ना गरेका हुन्। यसैगरि अंग्रेजी अध्ययन गर्नका लागि (एलिकोस) मा ३ हजार ८ सय ९८ जना भर्ना भएका हुन्। यो सन् २०१६ को तुलनामा तीन गुणा बढी हो।दुतावासद्वारा शिक्षा मन्त्रलायको ध्यानाकर्षण: नर्टन र बबोन्सको भनाईप्रति अस्ट्रेलियास्थित नेपाली दुतावासले यहाँस्थित शिक्षा मन्त्रालय समक्ष चासो व्यक्त गर्दै ध्यानाकर्षण गराएको छ। आइतबार प्रकाशित समाचारपछि क्यानबेरास्थित नेपाली दुतावासले अस्ट्रेलियाको शिक्षा मन्त्रालयमा औपचारिक पत्र लेखेर यसबारेमा ध्यानाकर्षण गराएको छ। पत्रमा दुतावासले प्रकाशित समाचारमा आएको धारणाप्रति चासो व्यक्त गर्दै यसबारेमा शिक्षा मन्त्रालयलाई सोधेको हो।

दुतावासले समाचार प्रकाशित भएपछि नेपाली विद्यार्थीहरुका बारेमा यस्तो धारणा दिने विज्ञहरुसँग बसेर छलफल गर्ने प्रयास गरिरहेको जनाएको छ।यसैगरि ग्रिफिथ युनिभर्सिर्टीमा अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरिरहेका बिक्रम तिमिल्सिनाका अनुसार दुई प्राध्यापकले अनुमानका भरमा आफ्नो धारणा राखेको जनाए। ‘तोकिएका सबै प्रक्रिया पुरा गरेर अस्ट्रेलिया सरकारले भिसा दिएर आएका विद्यार्थीलाई उनीहरुको राष्ट्र, राष्ट्रियता र आर्थिक अवस्थाप्रति इंगित गर्दै प्रस्तुत हुनु उचित होइन्,’ तिमिल्सिनाको भनाई छ।

Author Since: Dec 06, 2019

Related Post