
काठमाडाैं । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको बिरोधमा नेपाल विद्यार्थी संघले नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । काठमाडौँको वसन्तपुर डबलीमा नेविसंघका विद्यार्थीहरुले नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् । ‘चिनौ सीमा, जोगाऔं माटो’ अभियान सञ्चालन गरेको भन्दै विद्यार्थी नेताहरुले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाएका छन् ।काठमाडौंको वसन्तपुरमा विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा पनि प्रदर्शन गरेका छन् ।
काठमाडौँको वसन्तपुर डबलीमा नेविसंघका विद्यार्थीहरुले नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् । ‘चिनौ सीमा, जोगाऔं माटो’ अभियान सञ्चालन गरेको भन्दै विद्यार्थी नेताहरुले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाएका छन् ।काठमाडौंको वसन्तपुरमा विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा पनि प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाई गर्न नहुने भन्दै नयाँ वास्तविक नक्सालाई पाठ्यक्रममा पनि समेटनुपर्ने बताए ।
कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु कालापानी हाम्रैहो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन पनि गरेका थिए । विद्यार्थीहरुले सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाई गर्न नहुने भन्दै नयाँ वास्तविक नक्सालाई पाठ्यक्रममा पनि समेटनुपर्ने बताए ।कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु कालापानी हाम्रैहो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन पनि गरेका थिए ।