कोरिया खबर

ईपिएस भाषा परीक्षामा लापरवाहीको विषय के हो ?

काठमाडौं । २०७६ जेठ २५ र २६ गते भएको ईपिएस टपिक अर्थात भाषा परीक्षामा पास भएका विद्यार्थीहरुको दोस्रो चरणमा भएको सीप परीक्षण परीक्षामा लापरवाही भएको भन्दै १ सय भन्दा बढी परीक्षार्थीहरु हाम्रो कार्यालय आए ।सीप परीक्षणका क्रममा न्यायोचित मूल्याङ्कन नभएको, कम क्षमता भएका विद्यार्थीहरुको उच्च अंक आएको तर, उच्च क्षमता भएका व्यक्तिहरुले सोही अनुसार,

प्रस्तुति दिएपनि नम्बर दिने समयमा सही मूल्याङ्कन नभएको बताइएका छन् ।साथै सीप परीक्षण परीक्षाको नतिजामा पुनः मूल्यांकनको आग्रह गर्दा कार्यालयका पदाधिकारीहरुले अभद्र व्यवहार गरेको उनीहरुको गुनासो छ ।त्यस्तै सोही परीक्षाको १४ गते आएको रिजल्ट भने पुनः मूल्याङ्कन गरिएको छ । सोही दिन नतिजा आएका ३५० भन्दा बढी परीक्षार्थीहरुले विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गराएपछि नतिजा परिवर्तन गरेर सबै परीक्षार्थीलाई पास गरेको उनीहरुको भनाइ छ ।

सीप परीक्षण परीक्षामा फेल भएका विद्यार्थीहरुले उक्त नतिजा स्पष्ट र पुनः मूल्याङ्कन हुनुपर्ने, २०१९ मा ईपिएस–टपिक पास गरेका परीक्षार्थीले २०२० मा ईपिएस–टपिक परीक्षा नदिई स्वतः सीप परीक्षण परीक्षा दिन पाउनुपर्ने जस्ता माग राखेर आन्दोलित बनेका छन् ।

यता ईपिएस–टपिक पास भएका तर, सीप परीक्षण परीक्षामा फेल भएका परीक्षार्थीहरु हाम्रो कार्यलयमा आएका थाहा पाएपछि ईपिएस-टपिक र सीप परीक्षण दुवैमा पास भएका परीक्षार्थीहरु पनि हाम्रो कार्यालयमा आए, र फेल भएका परीक्षार्थीहरुर्ले गरेका तर्क गलत भएको भन्दै समाचार प्रसारण नगरिदिन आग्रह गरे ।फेल भएका परीक्षार्थीहरुले सिर्जना गरेका विवादका कारण पास भएका परीक्षार्थीहरु समेत मार्कामा परेको उनीहरु बताउँछन् । उक्त विवादकै कारण केही दिन अघि हुनुपर्ने मेडिकलको प्रक्रिया समेत सुरु भएको छैन ।

ईपिएस परीक्षाको लागि ९४ हजार भन्दा बढी युवाहरुले फर्म थिए । जसमध्ये १० हजार १० जनालाई ईपिएस–टपिकमा पास गर्ने र सीप परीक्षणबाट ६ हजार ७०० छनौट गर्ने बताइएको थियो ।तर, त्यसो नभएर टपिकमा १२ हजार १० जनालाई पास गराइयो भने सीप परिक्षणमा पनि तोकिएको भन्दा बढी परीक्षार्थीहरुलाई पास गरिएको छ ।यसलाई फेल हुने परीक्षार्थीले पैसा असुल्ने माध्यमको संज्ञा दिएका छन्, भने पास हुने विद्यार्थीहरुले ईपिएसमा कुनै लापरवाही नभएको तर्क गरिरहेका छन् ।

News24 बाट

Author Since: Dec 06, 2019

Related Post