कोरिया खबर

कोरियामा एक्लै खाना खानेको संख्या बढ्दो

सोल/ दक्षिण कोरिया ख्यंगी विश्वविद्यालयका खोजकर्ताले गरेको एक अध्ययन अनुसार कोरियामा ४० देखि ६० बर्ष उमेर समुहका करिव आधा भन्दा बढी जनसंख्याले कम्तिमा एक छाक एक्लै खाने गरेको देखाएका छन् ।सन् २०१३ बाट २०१७ सम्म करिव ७ हजार ७ सय २८ जनामा गरिएको उक्त अध्ययनमा यस्तो तथ्य भेटिएको हो ।

अध्ययनमा करिव ५०.८ प्रतिशत पुरुष तथा ६१.१ प्रतिशत महिलाहरु कम्तिमा एक छाक एक्लै खाने गरेको भेटिएको हो ।त्यस्तै गरि करिव ६.५ प्रतिशत पुरुष तथा ८.५ प्रतिशत महिलाले दिनको तीन पटक नै एक्लै पकाएर खाने गरेको पाइएको छ ।यसरी एक्लै खाना खाँदा पौष्टिक आहारमा ध्यान नदिदा क्याल्सीयम तथा आइरनको मात्रा अपुर्ण भई स्वास्थ्यमा समेत नकारात्मक असर देखिएको अध्ययनले देखाएको छ ।

उक्त अध्ययनका अनुसार महिला भन्दा पुरुषहरु खानपान ब्यवस्थामा कमजोर देखिएकाले उनीहरु छिटै नै विभिन्न स्वास्थ्य सम्बन्धि समस्याहरुबाट गुज्रिनु पर्ने पनि अध्ययनले देखाएको छ ।

कोरियामा ३० लाख कोरियन वोन पुरस्कारको दोस्रो पब्जी प्रतियोगिता हुँदै ।

गुरुदत्त न्यौपाने /सउल

दक्षिण कोरियामा नेपालीहरुलाई लक्षित गरी दोङ्देमुनमा अबस्थित एच. डी मोबाईलले दोस्रो पब्जी ब्याटल प्रतियोगिता गर्ने भएको छ।एच.डी मोबाईल मार्केटिङ म्यानेजर सन्तोष राईका अनुसार अघिल्लो हप्ता ३० लाख कोरियन वोन पुरस्कारको पब्जी प्रतियोगिता को सफलता पश्चात पुन तिस लाख पुरस्कार सहितको प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

“पहिलो पब्जी प्रतियोगितामा केही कमी कमजोरी भएको हो,हामी खेलको प्रत्यक्ष लाईभ समस्या भएको कारणले पुरा खेल लाईभ देखाउन सकेनौँ,अहिले दोस्रो प्रतियोगितामा हामी अझै शशक्त र पुर्ण तयारीका साथ प्रतियोगिता आयोजना गर्दैछौ।आशा छ कोरियामा हुने पब्जी प्रति आस्था राख्नुहुने नेपालीहरुले आ आफ्नो ग्रुप गराएर आबेदन दिनुहुनेछ।” राईले भने।

दोस्रो पब्जी प्रतियोगितामा भाग लिन चाहनेहरुले आ आफ्नो स्क्वायड रजिस्टर गर्नुपर्ने हुन्छ।स्क्वायड रजिस्टर गर्दा स्क्वायड नाम र क्ल्यान ट्यागमा बिशेष ध्यान पुर्याउन आग्रह गरिएको छ।आफ्ना स्कवायडका सबै खेलाडीको क्ल्यान ट्याग एउटै हुनुपर्ने तथा सबै खेलाडीहरु कोरियामै भएको हुनुपर्ने बताईएको छ।

क्ल्यान ट्याग एउटै बनाउन कोरियाका कन्भेनियन्स स्टोर सियु,जि एस ट्वान्टीफोर,तथा सेभेन ईलेभेन मा गएर गुगल प्लेकार्ड किनेर नाम परिवर्तन गर्न सकिने जनाईएको छ।आबेदन भर्नको लागी यो लिङ्कमा क्लिक गरी आफ्नो बिबरण भर्न सक्नुहुनेछ।

साथै बिस्तृत जानाकारीको लागी सन्तोष कुमार राई ०१०-७६५९०८८३मा सम्पर्क गरी बुझ्न सकिनेछ।

Author Since: Dec 06, 2019

Related Post