कोरिया खबर

इपिएस स्किल टेस्टको नतिजा पुनर्मुल्याङ्कन गरियो, केही थप परिक्षार्थी उत्तिर्ण भए, आफ्नो नतिजा यहाँ हेर्नुहोस:

काठमाडौं । २०७६ जेठ २५ र २६ गते भएको ईपिएस टपिक अर्थात कोरियन भाषा परीक्षामा पास भएका परीक्षार्थीहरुको दोस्रो चरणमा भएको सीप परीक्षण परीक्षामा लापरवाही भएको भन्दै १ सय भन्दा बढी परीक्षार्थीहरु न्युज २४ को कार्यालय गए । त्यँहा जानुको एउटै कारण थियो रबि लामीछानेलाइ भेटेर आफ्नो कुरा राख्ने । लामिछानेको सिधा कुरा जनता सँग कार्यक्रम लोकप्रिय टेलिभिजन कार्यक्रम हो ।

सीप परीक्षणका क्रममा न्यायोचित मूल्याङ्कन नभएको, कम क्षमता भएका विद्यार्थीहरुको उच्च अंक आएको तर, उच्च क्षमता भएका व्यक्तिहरुले सोही अनुसार, प्रस्तुति दिएपनि नम्बर दिने समयमा सही मूल्याङ्कन नभएको पिडितहरूको भनाइ थियो । ति पिडित युवाहरू मध्य मंसीर १४ स्किल टेस्ट परिक्षा दिएर फेल भएका युवाहरू पनि थिए । सीप परीक्षण परीक्षाको नतिजामा पुनः मूल्यांकनको आग्रह गर्दा कार्यालयका पदाधिकारीहरुले अभद्र व्यवहार गरेको उनीहरुको गुनासो थियो ।

तर पछी सोही परीक्षाको १४ गते आएको रिजल्ट भने पुनः मूल्याङ्कन गरिएको छ । विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गराएपछि सिस्टममा समस्या भएकाे भन्दै १४ गतेकाे स्किल टेस्टकाे नतिजा परिवर्तन गरेर केहि परीक्षार्थीहरू पास भएका छन ।

सीप परीक्षणमा फेल भएका विद्यार्थीहरुले उक्त नतिजा स्पष्ट र पुनः मूल्याङ्कन हुनुपर्ने, २०१९ मा ईपिएस–टपिक पास गरेका परीक्षार्थीले २०२० मा ईपिएस–टपिक परीक्षा नदिई स्वतः सीप परीक्षण परीक्षा दिन पाउनुपर्ने जस्ता माग राखेर आन्दोलित बनेका छन् ।

यता ईपिएस–टपिक पास भएका तर, सीप परीक्षण परीक्षामा फेल भएका परीक्षार्थीहरु हाम्रो कार्यलयमा आएका थाहा पाएपछि ईपिएस(टपिक र सीप परीक्षण दुवैमा पास भएका परीक्षार्थीहरु पनि न्युज द्दद्ध त्ख् को कार्यालय गएका छन । फेल भएका परीक्षार्थीहरुर्ले गरेका तर्क गलत भएको भन्दै समाचार प्रसारण नगरिदिन उनिहरूले आग्रह गरेका थिए । तर न्युज 24 ले दुबै पक्षको कुरा राखेर कार्यक्रम प्रसारण गरेको कार्यक्रम प्रस्तोता रबि लामिछानेले बताए ।

इपिएस परिक्षामा फेल भएका परीक्षार्थीहरुले सिर्जना गरेका विवादका कारण पास भएका परीक्षार्थीहरु समेत मार्कामा परेको उनीहरु बताउँछन् । उक्त विवादकै कारण केही दिन अघि हुनुपर्ने मेडिकलको प्रक्रिया समेत सुरु भएको छैन ।

ईपिएस परीक्षाको लागि ९४ हजार भन्दा बढी युवाहरुले फर्म थिए । जसमध्ये १० हजार १० जनालाई ईपिएस–टपिकमा पास गर्ने र सीप परीक्षणबाट ६ हजार ७०० छनौट गर्ने बताइएको थियो ।तर, त्यसो नभएर टपिकमा १२ हजार १० जनालाई पास गराइयो भने सीप परिक्षणमा पनि तोकिएको भन्दा बढी परीक्षार्थीहरुलाई पास गरिएको छ । यसलाई फेल हुने परीक्षार्थीले पैसा असुल्ने माध्यमको संज्ञा दिएका छन्, भने पास हुने विद्यार्थीहरुले ईपिएसमा कुनै लापरवाही नभएको तर्क गरिरहेका छन् ।

तर जस्ले जे भनेनि HRD कोरियाले आफ्नो गल्ति सुधार गरेर १४ गते परिक्षा दीएकाहरूको नतिजा पुन परीक्षण गरेर नतिजा पनि सार्वजनिक गरिसकेको छ। अब अन्य फेल भएका परिक्षार्थिहरूले अनेक माग राखी आन्दोलन गर्नुको कुनै फाइदा भने देखिदैन । उक्त कार्यले कोरियालि सरकारले नेपाललाइ प्रत्यक बर्ष दिने कोटा रद्द गर्न सक्ने आधार हरू धेरै छन ।

Author Since: Dec 06, 2019

Related Post