कोरिया खबर

चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओ पुगे महावीरको राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौं / नेपाल ,चीनको सिचुवान प्रान्तमा बिजुली बस बनाउने कम्पनीका सिइओले राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गरेका छन्।सिचुवान  गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले बुधबार बिहान कीर्तिपुरस्थित  पुनको राष्ट्रिय आविष्कार केन्द्र पुगेका हुन्।च्यङलिङ लोले त्यहाँ निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाएका थिए।

उनले सुझाव दिनुको साथै विद्युतिय सवारी साधन बनाउन चाहिने ब्याट्री मोटरलगायत सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।यहाँका विद्यार्थीहरूले आफूलाई के–के चाहिन्छ हामीलाई लिस्ट दिनुहुन्छ। हामी त्यो लिस्ट कम्पनीलाई पठाउँछौ,’ उनले भने।सुन्दर यातायातले सिचुवान गुवान अटोमोवाइल्सका बिजुली बस सञ्चालन गरिरहेको छ।

कोरियामा ३० लाख कोरियन वोन पुरस्कारको दोस्रो पब्जी प्रतियोगिता हुँदै ।

गुरुदत्त न्यौपाने /सउल

दक्षिण कोरियामा नेपालीहरुलाई लक्षित गरी दोङ्देमुनमा अबस्थित एच. डी मोबाईलले दोस्रो पब्जी ब्याटल प्रतियोगिता गर्ने भएको छ।एच.डी मोबाईल मार्केटिङ म्यानेजर सन्तोष राईका अनुसार अघिल्लो हप्ता ३० लाख कोरियन वोन पुरस्कारको पब्जी प्रतियोगिता को सफलता पश्चात पुन तिस लाख पुरस्कार सहितको प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

“पहिलो पब्जी प्रतियोगितामा केही कमी कमजोरी भएको हो,हामी खेलको प्रत्यक्ष लाईभ समस्या भएको कारणले पुरा खेल लाईभ देखाउन सकेनौँ,अहिले दोस्रो प्रतियोगितामा हामी अझै शशक्त र पुर्ण तयारीका साथ प्रतियोगिता आयोजना गर्दैछौ।आशा छ कोरियामा हुने पब्जी प्रति आस्था राख्नुहुने नेपालीहरुले आ आफ्नो ग्रुप गराएर आबेदन दिनुहुनेछ।” राईले भने।

दोस्रो पब्जी प्रतियोगितामा भाग लिन चाहनेहरुले आ आफ्नो स्क्वायड रजिस्टर गर्नुपर्ने हुन्छ।स्क्वायड रजिस्टर गर्दा स्क्वायड नाम र क्ल्यान ट्यागमा बिशेष ध्यान पुर्याउन आग्रह गरिएको छ।आफ्ना स्कवायडका सबै खेलाडीको क्ल्यान ट्याग एउटै हुनुपर्ने तथा सबै खेलाडीहरु कोरियामै भएको हुनुपर्ने बताईएको छ।

क्ल्यान ट्याग एउटै बनाउन कोरियाका कन्भेनियन्स स्टोर सियु,जि एस ट्वान्टीफोर,तथा सेभेन ईलेभेन मा गएर गुगल प्लेकार्ड किनेर नाम परिवर्तन गर्न सकिने जनाईएको छ।आबेदन भर्नको लागी यो लिङ्कमा क्लिक गरी आफ्नो बिबरण भर्न सक्नुहुनेछ।साथै बिस्तृत जानाकारीको लागी सन्तोष कुमार राई ०१०-७६५९०८८३मा सम्पर्क गरी बुझ्न सकिनेछ।

Author Since: Dec 06, 2019

Related Post