कोरिया खबर

एनसिसि कोरियाको अध्यक्षमा श्री प्रसाद श्रेष्ठ !

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आज सम्पन्न १७ औँ अधिवेशनवाट श्री प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । डिसेम्बर २९ आईतबार कोरियाको सिओलमा सम्पन्न अधिवेशनमा अध्यक्षको पदमा उनलाई निर्विरोध चयन गरिएको हो ।साथै नयाँ कार्यसमितीमा अध्यक्ष पदको लागि श्री प्रसाद श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्षमा पुरु जोसी, महासचिव मा अभिषेक सापकोटा,

कोषाध्यक्ष मा ईश्वरी खड्का, सदस्यहरुमा प्रेम चौधरी गरी पाँच जना नयाँ कार्यसमितिको लागि निर्विरोध चयन भएका छन् । वाँकी उपाध्यक्षको लागि २ जना, सचिवको लागि २ जना र सदस्य पदका लागि ६ जना पछि थप्ने गरी राखिएको छ ।

चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओ पुगे महावीरको राष्ट्रिय आविष्कार केन्द्र

चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओले राष्ट्रिय आविष्कार केन्द्र अवलोकन गरेका छन्।सिचुवान  गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले बुधबार बिहान कीर्तिपुरस्थित  पुनको राष्ट्रिय आविष्कार केन्द्र पुगेका हुन्।च्यङलिङ लोले त्यहाँ निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाएका थिए।

उनले सुझाव दिनुको साथै विद्युतिय सवारी साधन बनाउन चाहिने ब्याट्री मोटरलगायत सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।यहाँका विद्यार्थीहरूले आफूलाई के–के चाहिन्छ हामीलाई लिस्ट दिनुहुन्छ। हामी त्यो लिस्ट कम्पनीलाई पठाउँछौ,’ उनले भने।सुन्दर यातायातले सिचुवान गुवान अटोमोवाइल्सका बिजुली बस सञ्चालन गरिरहेको छ।

Author Since: Dec 06, 2019

Related Post