कोरिया खबर

आफ्नो कम्पनीकै नेपाली क्रिस्चियन साथीले दुर्व्यहार गरेपछी कम्पनी छोडन बाध्य भए गोकर्ण !लेखे यस्तो स्ट्याटस !

शौल/दक्षिण कोरिया,ईपिएस मार्फत दक्षिण कोरिया आएका गोकर्ण बस्नेत नाम गरेका एक युवाले आफु नेपाली त्यो पनि क्रिश्चियन साथी मार्फत दुर्व्यबहारमा परेको कारण कम्पनीनै छोडनुपरेको कोरियाकै सबैभन्दा ठुलो फेशबुक ग्रुप ईपिएस नेपाल फेमीलीमा ”एउटा तितो बिगतले मलाई घोचिरहन्छ’ भन्दै स्ट्याटस लेखेर दुख ब्यक्त गरेका छन।

उनले आफु कम्पनीमा कोरियन फान्जाङले अह्राएको काम गर्दागर्दै बिचमा उसले काम अर्हाएर नगरेको भन्दै बारम्बार मानसिक तनाब तथा गाली गर्ने गरेको बताएका छन।कम्पनीमा आफुले भनेको मान्नुपर्छ,म सिनियर हो मैले जे भन्यो त्यो गर्नुपर्छ भन्दै धम्क्याउने,ट्वाईलेट गयो भनेर थर्काउने,कम्पनीले संगै मिलेर खाउ भनेर उसलाई दिएको खाना खाजा उसले मात्रै खाईदिने,एउटै किचनमा पनि उसको सामान प्रयोग गर्न नपाउने,कम्पनीमा फ्रिज जोडेको प्लग समेत प्रयोग गर्न नदिई निकालेर राख्ने जस्ता अति तुच्छ ब्यबहार गरेको कारण कम्पनीनै छोडनुपरेको बाध्यता प्रकट गरेका छन ।उनले पिडकको नाम थर गोप्य राखेका छन।यस बारेमा उनले खुलेर भन्न नचाहेको र उनले आफुलाई जस्तो नराम्रो गरेपनि आफुले कुभलो नचाहने पनि बताए।यस्ता पिडाहरु अन्य ले भोग्नु नपरोस भनि शेयर गरेको उनले बताए।

हेर्नुहोस उनले लेखेको स्ट्याटस जस्ताको तस्तै

२०७० काे पाैष ताका काम खाेज्ने सिलसिलमा ख्याङ्गीदाे अानसानमा पुरानाे साथीहरुकाे कम्पनीमा बसिरहदा नयाँ नम्बर बाट नेपाली साथीले कल गर्याे ।भन्याे : सर हाम्रो साउले तपाईंको पेपर तानेको छ भाेली काम हेर्न अाउनुहुन्छ र?मैले कामकाे र सेवासुबिधाकाे बारेमा बुझे चित्त बुझ्याे ।भाेलिपल्ट हेर्न गए राम्रो रहेछ । साथीले सुरुमै भन्याे मत क्रिस्चियन हाे ।मैले भने ‘यसले मलाई केहि असर गर्दैन माेटामाेटी कुरा भयाे ।

बेलुका अंकललाई फाेन गरे सबै कुरा बताए अंकलले भन्नु भाे बाबु क्रिस्चियनहरू राम्रा हुन्छन त्यही काम गरन राम्रो साथीपनि भेटेउ भन्नु भाे । म भाेलिपल्ट बाट काममा जान थाले गकाे दिन परिचय भाे त्याे साथी म भन्दा 9 महिना जेठाे रहेछ उस्ले एक्कासि सर तपाईं बाट भाई तिमी भन्याे तेसपछी उ र म दाजुभाई भैयाे । सुरुवात राम्रै थियो । अान्सन बजार नजिकै रुम थियाे कपडाको कम्पनी फारनमा थियाे ।

गाडिमा जानेअाउने हुन्थ्यो । काम अतिनै busy हुन्थ्यो । विदेशी कामदार हामि दुईभाई काेरियन ३ भाई थिए । त्याे साथी म भन्दा ७ महिना सिनियर म भन्दा उ धेरै काम जानेकाे काेरियन फानछाजाङ्गले उसलाई र मलाई गर्ने व्यावहारमा धेरै फरक थियो । मलाई गालि गरिरहने सबैले काम लगाउथे प्राय फानछाजाङ्गले अराकाे काम मैले गर्नु पर्थ्याे । कहिलेकाहि काेरियन कामदारले पनि लगाउथ्याे र त्याे साथीले पनि काम लगाउथ्याे मलाई । काम गर्न सुरु गरेकाे ४ दिनकाे दिन फानछाजाङ्गले कलर मिक्स गर भन्याे मैले उसले लगाकाे काम गर्दै थिए ठिक तै बेला त्याे साथीले कपडा राेलिङ्ग गर भन्याे। मैले फानछाङ्गले लगाकाे काम सकेर उस्ले काम गर्दै गरे ठाउँमा गए र याे कसरी गर्ने भनेर साेधे ~उस्ले भन्याे : पर्दैन तिमिले गर्नु तिमी मैले अराकाे काम नटेर्ने तिमि सिनियर कि म सिनियर ?

मैले भने : दाई फानछाजाङ्गले कलर छिटाे मिक्स गर भन्याे अनि त्याे सकेर अाकाे।मुला तिमि मैले फाेन गरेर अाकाे अनि मैले भनेकाे नमान्ने म कस्ताे मान्छेहाे थाहा छ तिमिलाई ?अरे यार दाई त्याे फानछाजाङ्ले कस्ताे गालि गर्छ अनी उ : मुला तिम्रो यार हाे म ठुलाे कुरा नगर म कस्ताे मान्छे म के गर्न सक्छु तिमीलाई थाहा छ ? फेरि फान्छाजाङ्गले बाेलायाे ।म काम गर्न गए ।(मलाई पिसाब लागिरहन्थ्याे ,gastric समस्या थियाे दिनमा 2 पटक जति दिसा गर्न जानु पर्थ्याे) साँझ पख उसकाे र मेराे काम सँगै पर्याे फेरि उस्ले भन्याे ,हेर बस्नेत अाज बाट मलाई कुनै कामकाे बारेमा नसाेध रुम्मा भकाे सामान केहि पनि प्रयाेग गर्न पाउदैनउ।मैले हुन्छ दाई भने । त्याे रात रुम्मा अाईयाे मेराे केहि थिएन ।

उस्ले खाना पकाएर एकलै खायाे । भाेलिपट्क कम्पनीमा खाना खाने समयमा उस्ले भन्याे तिमी कति पटक ट्वाईलेट जान्छाै राेक्नु पर्छ बेलुका गर्ने हाे याे काेरिया हाे नेपाल हैन । मैले केहि जवाफ दिईन । त्याे कम्पनीमा उ भन्दा नयाँ भएपनि काेरिया उ भन्दा म 14 महिना अगाडि अाएकाे थिएँ । अाईतबार छुट्टि भाे काेठा पुरानाे घर भएकाेले डिजिटल लकर थिएन चाबि लगाउनु पर्थ्याे उ सँग चाबि थियाे। मैले मलाई एउटा लिपि दिनुस भने उस्ले याे मैले किनेकाे हाे चाबि लगेर बनार लेर अाउ भन्याे मैले बनार लेर अाए उ सँग ३ अाेटा लिपि थियाे ।

साहुले प्राय दुध,पाउराेटी र मकैकाे फुल बेलुका रुम्मा खाउ भने उस्काे जिम्मामा दिन्थ्याे उस्ले ल्याउथ्याे एकलै खान्थ्याे date सकिएपछि फाल्थ्याे धेरै पटक फाल्याे साउले दिएकाे भएनी कहिलै खाउ भनेन । एउटै रुम्मा हामि २ महिना बस्दा फरक फरक भान्सा चक्कु चपिीङ्ग बाेर्ड समेत अा- अाफ्नै प्रयाेग गरेउ एक दिन उसका साथीहरू रुम्मा ४ जना अाए खै किन उनीहरूलेपनि मलाई insult गरे उनीहरूले खाना पकाएर खाईन्जेल म पर्खिएर बसें तर खाना खाई सके पछि माछा खाने भनेर फेरि उनीहरु पकाउन थाले अनि म बाहिर गएर खाए । यति सम्म बाराबार भयाे त्याहा भकाे फ्रिज उस्ले किनेकाे प्लक समेत मलाई प्रयाेग गर्न दिएन ।

( मेराे गल्ति त्यति उस्ले अराउने बित्तिकै नगर्नु र अरे यार भनेकाे मात्रै थियाे ) २ महिना म त्यसै गरि काम गरेर बसे । हामि facebookma साथी पनि हुन सकेनाै म काम छाेडेर खिम्हेकाे मिर्याङ्ग गए । सायद मेराे जिन्दगीको एउटा नमिठाे क्षण र भाेगाईले कहिलेकाहि घाेचिरहन्छ । त्याे साथी जहाँ जे गर्दै भएनी सँधै खुशि रहाेस यहि छ मे राे कामना ! नाेट : मैले क्रिस्चियनहरू खराब भन्न खाेजेकाे हैन मेराे अाफ्नै भाेगाई हाे नाम र थर भन्न मन लागेन थरले कुनै जात प्रति इङ्गित गरे जस्ताे हुनसक्छ बारबार मेराे दिमाखमा अाईरहन्छ त्यै भएर सेयर गरेकाे धन्यवाद साथीहरू ।म मात्रै हैन धैर छन यस्तो पिडा भाेग्ने अाखिर परदेश परदेशनै हाे ।

Author Since: Dec 06, 2019

Related Post