कोरिया खबर

फेन्थेक माइग्रेन्ट सेन्टर द्वारा लक्ष्मण पौडेल सम्मानित

कृष्ण पुरी २९ डिसेम्बर २०१९ कोरिया । दक्षिण कोरियामा फेन्थेक माईग्रेन्ट सेन्टरमा नेपाली समितिको नेतृत्वमा रहेर निरन्तर क्रियाशील सामाजिक कार्यमा सक्रिय योगदान गरेको भन्दै नवलपरासी निबासी इपिएस मार्फत २ वर्ष अघि कोरिया प्रवेश गरेका फेन्थेक माईग्रेन्ट नेपाली समितिका नि बर्तमान अध्यक्ष लक्ष्मण पौडेल सम्मानित भएका छन् ।

सामाजिक सेवामा महत्वपूर्ण कार्य गरेकोमा प्रशंसा गर्दै आज डिसेम्बर २९ तारिख माइग्रेन्ट द्वारा आयोजित आउदो नया बर्ष २०२० को उपलक्ष्यमा आयोजित नयाँ बर्ष कार्यक्रम समारोहमा सो सम्मान प्रदान भएको हो ।हाल सम्मानित पौडेल फेन्तेक शहरमा माइग्रेन्ट वेलफेयर सेन्टर संग आबद्ध भएर नेपाली समितिको नेतृत्वदायी भूमिका निर्वाह गर्दै कोरियामा बिभिन्न सामाजिक कार्यहरुमा क्रियाशिल रहदै आएका छन् । वहाले नेतृत्वमा रहदा आठौं समिति मार्फत विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै थप नयाँ कार्यक्रम हरु पनि ल्याउन सफल भए ।

महिला आवास गृह संचालन, राजदुतावास सङको सहकार्यमा श्रम परामर्श तथा स्वेच्छिक घरफिर्ती साथै स्वास्थ परामर्श कार्यक्रम, रास्कोट हस्पिटल आर्थिक सहयोग अभियान मा सहकार्य , फेन्थेक शहर मा पहिलोपटक नेपाली चलचित्र (ए मेरो हजुर ३ ) सफल पर्दर्शनमा सहकार्य, पहिलो एसियन फुटबल प्रतियोगिता लगाएत सिस्नुपानी नेपाल सगको सहकार्यमा मनोज गजुरेल को हास्यब्यङ्गय कार्यक्रमहरु गरि सस्थाको गरिमा लाई अझ उच्च बनाउने प्रयासहरु गरेका थिए । वहालाई वल्र्ड पिपुल्स डेको अवसरमा मे २६ तारिख फेन्थेकमा आयोजित एसियन प्रबासी बहुसास्कृतिक महोत्सवमा फेन्थेक मेयर नगर प्रमुख जंग जांग सन् द्वारा पनि सम्मान गरिएको थियो ।

वहा स्वतन्त्र रास्ट्रप्रेमी नेपाली एकता अभियानका सक्रिय अभियन्ता पनि हुन् lसम्मानित हुदै उनले यो सम्मान सबै नेपालीको साझा सम्मान गौरव र प्रेरणा भएको बताए । माइग्रेन्ट सेन्टरवाट संचालनमा हुने हरेक गतिविधिमा सहयोग गर्दै सेन्टरको स्तरोन्नति लगाएत सो क्षेत्रमा सामाजिक कार्यक्रमहरुमा नेपाली समितिको उल्लेख्य सहयोग रहदै आएको छ ।

वहाले सेन्टरले महिलाको लागी आबास शेल्टर,तेक्वान्दो ,फुटबल खेल,टपिक कक्षा बिभिन्न सिपमुलक तालिम पनि संचालनमा निरन्तर ल्याएको बताउदै र माइग्रेन्ट सेन्टरका हरेक गतिविधिमा, दुख समस्या तथा परामर्शको लागी सेन्टर समक्ष सम्पर्क गरि सबैलाई लाभ लिन आह्वान समेत गरेका छन् ।

Author Since: Dec 06, 2019

Related Post