कोरिया खबर

जनवरी १ मा कोरियामा टोपी दिवश मनाईदै,सउल स्टेशन देखी सउल टावर सम्म पदयात्रा गरिने !

गुरुदत्त न्यौपाने /सउल , बिगतका बर्षहरुमा जस्तै आउदै गरेको अङ्ग्रेजी नयाँ बर्ष २०२०को अवशर पारेर कोरियामा टोपी दिवश मनाईने भएको छ। नेपाल भ्रमण बर्ष २०२० को प्रवर्धन संगै नेपाली मौलिक परम्परा,भेषभुषा तथा संस्कृती झल्किने पोस्ट कार्डहरु सहित सउल स्टेशनदेखी सउल (नाम्सान) टावर सम्म पदयात्रा गरिने कार्यक्रम आयोजक नविन बास्कोटाले जानाकारी दिनुभयो।

‘मेरो टोपी कैलाशको शिर जस्तो,मेरो टोपी हिमाली भिर जस्तो,कहिले पनि झुक्न नजान्ने,कहिले पनि लुक्न नमान्ने,मेरो टोपी नेपाली विर जस्तो’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको नेपाली टोपी दिवश तथा पदयात्रा विगतका बर्षहरुमा पनि भब्यताका साथ आयोजना गरिएकोमा यसपाली पनि यसैलाई निरन्तरता स्वरुप यो कार्यक्रम आयोजना गरिएको बास्कोटाले बताउनुभयो।

एमआरआर कोरियाको मुख् संयोजन तथा नेपाल पर्यटन बोर्ड,एनआरएनए कोरिया,सोनसिक कोरिया र स्वतन्त्र रास्ट्रप्रेमी सचेत नेपाली एकता अभियानको सहयोगमा कार्यक्रम आयोजना हुनलागेको हो।

“कार्यक्रम नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्षलाई केही भएपनि ईट्टा थप्न सहयोग पुर्याउने छ भन्नेकुरामा आयोजक विश्वस्त रहेको छ”बास्कोटाले थपे,साथै जनवरी १ तारिखका दिन सम्पुर्ण कोरियाबाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितीको लागी आयोजकले आह्वान गरेको छ।

कार्यक्रम हुने स्थान : सउल स्टेशन
मिती : जनवरी १ ,२०२०
समय : १२ वजे

Author Since: Dec 06, 2019

Related Post