कोरिया खबर

कोरियामा चिसो बढ्यो ,आज चिसो बतास सहित तापक्रम माईनस १० डिग्री पुग्ने !

गुरुदत्त न्यौपाने /सउल , दक्षिण कोरियामा जाडो बढेको छ।यो बर्षको अन्तिम दिन कोरियाको तापक्रम झरेर माईनस १० डिग्री सेल्सियस सहित चिसो सिरेटो बतास चल्ने मौषम पुर्वानुमान महाशाखाले बताएको छ।कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेसनका अनुसार मंगलबार बिहानको सउल आसपासको तापक्रम -१० डिग्री पुग्नेछ भने दिउसो बिस्तारै बढेर -३ सम्म पुग्ने अनुमान गरेको छ।

दिउसो चिसो बतास चल्ने भएसंगै दिनभरिनै एकदमै जाडो हुनेछ।कोरियाका प्रमुख सहरहरु सउल,ईन्छन,छन्जु,बुसान,तथा मोक्पोमा आजको बिहानको तापक्रम -१० डग्री भन्दा बढि हुने अनुमान गरिएको छ।चिसो कडा बतास चल्ने भएसंगै सवारी चालकहरुलाई बिशेष साबधानी अपनाउन सुझाईएको छ।

यो पनि पढनुहोस
कोरियामा रात्रीकालीन काम गर्दा लिफ्टमा च्यापिएर एक विदेशी कामदारको मृत्यु !

गुरुदत्त न्यौपाने /सउल ,दक्षिण कोरियामा एक विदेशी कामदारको रातिको समयमा काम गर्दा लिफ्टमा च्पापिएर मृत्यु भएको छ।गाडीको पाङ्ग्रा बनाउने कम्पनीमा काम गर्ने ४० बर्षिय चिनिया नागरिकको तलमाथी गर्ने लिफ्टमा एक्कासी जिउ च्यापिएर निधन भएको हो।हिजो राती २ बजे उनि काम गर्दागर्दै च्यापिएपछी मृत्यु भएको प्रहरीले बताएको छ।कोरियाको छल्लाबोक्दो वन्जुको बोङ्दोङ भन्ने ठाउँमा रहेको उक्त कम्पनीमा उनको मृ्त्यु भएको हो।

मृतकलाई नोभेम्बरबाट छोटो अबधिको लागी त्यो कम्पनीमा राखिएको थियो।उनले दिन र रातमा दुई सिफ्ट काम गर्ने गरेका थिय।गाडीको पाङ्ग्रा बनाउने उक्त कम्पनीमा उनि आएको मात्रै २ महिना नहुदै यस्तो घटना भएको हो।

घटना घटेसंगै प्रहरीले कम्पनी संचालक लाई आवस्यकीय सुरक्षा ब्यबस्था उल्लङ्घन गरेको नगरेको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्न लागेको बताएको छ।भने अर्कोतर्फ डेमोक्रेटिभ ट्रेड यूनियन जन्बुक मुख्यालयले रोजगारदातालाई आवश्यक कारबाही प्रकृया अगाडी बढाउन दबाब दिनको लागी सोमबार बिहान १०:३० मा उक्त कम्पनी अगाडी पत्रकार सम्मेलन गरी दवावमुलक कार्यक्रम गरेको थियो ।

Author Since: Dec 06, 2019

Related Post