कोरिया खबर

कोरिया भाषा परिक्षा: स्किल टेस्ट मात्र गराउन माग, इपिएस शाखाले दियो यस्तो आश्वासन

सौल/दक्षिण कोरिया– रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर सीप परीक्षणमा अनुत्तीर्ण भएकाहरुले अब सीप परीक्षणमात्र गराउनुपर्ने माग गरेका छन् ।सीप परीक्षणमा अनुत्तीर्ण भएका ४ हजार २ सय जनाले अब भाषा परीक्षामा पुनः सामेल नगराई सोझै सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग गरेका हुन् ।

गत साता कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)ले लिएको सीप परीक्षणमा ६ हजार ७ सय ७३ जनाले मात्र उत्तीर्ण गरेका थिए ।सन् २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए । जसमा १२ हजार १० जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेका ४ हजार २ सय जना सीप परीक्षणमा अनुत्तीर्ण भएका हुन् ।

सन् २०२० का लागि लिइएको कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएका थिए । जसमा १२ हजार १० जनाले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेका ४ हजार २ सय जना सीप परीक्षणमा अनुत्तीर्ण भएका हुन् ।उनीहरुले अब सीप परीक्षणमा मात्र सामेल हुन माग गर्दै वैदेशिक रोजगार विभागसँग अनुरोध गरेका हुन् । करिब ५ सय संख्यामा विभागमा पुगेका उनीहरुले अब सीप परीक्षणमा मात्र सामेल गराउनुपर्ने माग गरेका हुन् ।

सीप परीक्षणमा सामले गराउने वा नगराउने भन्ने विषय नेपाल सरकारको अधिकारभित्र नभएको वैदेशिक रोजगार ईपीएस शाखाका प्रमुख कृष्ण खनालले जानकारी दिए ।उनले यस विषयमा कोरिया सरकारसँग छलफल गर्न सकिने बताए । ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए ।

परीक्षामा उत्तीर्ण हुनेले १ सय १० अंकको सीप परीक्षणमा समेत उत्तीर्ण हुनुपर्ने प्राबधान छ । सीप परीक्षणमा उत्तीर्ण भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने ईपीएस शाखाले जनाएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए ।

Author Since: Dec 06, 2019

Related Post