
भोली देखी अङ्ग्रेजी नयाँ बर्ष सुरु हुदैछ ,फेसबुक र मेसेन्जरमा शुभकामनाहरुको ताती छ ।हामी नेपालीहरुको नयाँ साल बैशाखमा सुरु हुन्छ तैपनि हामी अङ्ग्रेजी बर्षलाइ पनि धुमधाम सङ्ग मनाउछौ ! मलाई पनि सम्झेर हितैशी ठानेर न्यानो माया गर्नुहुने हजुरहरु सम्पूर्णमा लाखौं लाख शुभकामनाहरु अर्पण गर्दछु ।हामिहरुले जस्तै कोरिएनहरुले पनि अङ्ग्रेजी बर्ष र आफ्नो बर्ष मनाउने गर्दछन ।
कोरिएन बर्ष यसपटक जनवरी 24,25,र 26 मा परेको छ ! यि तिन दिन कोरियाली भुमिमा सार्वजनिक बिदा छ । यो तिन दिने बिदामा नेपालीहरुका थुप्रै कार्यक्रमहरु छन् ,सबै कार्यक्रम बिदालाई सदुपयोग गर्ने साथैसानोतिनो सामाजिक काम गर्ने उदेश्यले सन्चालन हुदैछन ।यहि बिदालाई सदुपयोग गर्दै धेरै मित्रहरूले एक महीना अघिदेखि विभिन्न योजनाहरु तयार पनि गर्दै हुनुहुन्छ होला ।भेटघाट गर्ने ,घुम्ने , खाने ,मस्ती गर्ने ,नाच्ने नचाउने आदि इत्यादी ।यहि कोरिएन नयाँ बर्ष अर्थात सलनालको अबसर पारेर मैले भने अलिक पृथक योजना बनाएको छु ।
मलाई सदरमुकाम देखी कोशौ टाढाको कुनै बिकट बस्तीमा निशुल्क स्वास्थ सिबिर सन्चालन गर्न पाए हुन्थ्यो भन्ने हुटहुटिले सताइरहेको छ ! जतिसुकै बेला पनि मनमा यो बिषय बाहेक अरु कुरै खेल्दैन ।वरिष्ठ चिकित्सक ज्युहरुसङ्ग पनि कुरा गरिसकेको छु , चिकित्सक र सम्बन्धित स्टाफहरु निशुल्क सेवा गर्न तयार हुनुहुन्छ तर औसधि ,ढुवानी र खानाखर्चको लागी पनि एउटा सिबिर सन्चालन गर्न कम्तीमा पनि रु २०००००/(दुइ लाख ) लाग्ने जानकारी दिनुभएको छ ।मनमा लागेको यो सेवामूलक काम गर्नको लागी यो बिदालाई सदुपयोग गर्ने निस्कर्शमा पुगेको छु ।
यो बिदामा म तपाईंहरु माझ खुत्रुके योजना लिएर आउने छु ,तपाईंहरुसङ्ग रमाउने छु ,भेटघाट गर्नेछु र सहयोगको आशा गर्नेछु । यो मेरो तेस्रो खुत्रुके योजना हो ।पहिलो पटक 2016 मा गरेको थिए तेतिखेर कुल ४१ जना मित्रहरूले ३०००००(तिन लाख) वोन सहयोग गर्नुभएको थियोे र त्यो पैसामा बाकी रकम थपेर रु ५००००/( पचास हजार ) घास काट्न जादा भिरबाट लडेर घाइते बनि सहयोगको याचना गर्नुभयकी वलि थरकी महिलालाइ सहयोग गर्ने अबसर जुरेको थियो ।दोस्रो खुत्रुके योजना 2017 मा गरेको थिए , यतिखेर मलाई जित बहादुर गुरुङ ( स्याङ्जा परिवार दक्षिण कोरियाका भुतपुर्व अध्यक्ष तथा तमु धि दक्षिण कोरियाका बर्तमान अध्यक्ष ) दाजु भाउजूले साथ दिनुभएको थियो ।
उहाँहरुले लगाउनुभएको गुण म बाचुन्जेल कहिले भुल्न सक्दिन । उहाँहरु दुबै दम्पति सदैब मेरो मुटुमा हुनुहुन्छ ।यसपटकको अभियानमा १६३ जना सहभागी हुनुहुन्थ्यो भने कुल ८११०००/(आठ लाख एघार हजार )वोन सङ्कलन भएको थियो ।खुत्रुके अभियानको साथै फेसबुक मार्फत अभियान चलाएर रहस्यमय आगलागी हुने बस्तिका ४ घरलाई कर्कट पाताको छानो र १२७ घरलाई शुद्ध पानी पिउनको लागि फिल्टर बितरण गरिएको थियो ।बर्तमानको कोरियालि समाजमा अभियानै अभियान चलिरहेका छन् ,सस्थागत अभियान देखी ब्यक्तिगत अभियान अनि रास्ट्रहितका अभियान चलिरहदा मैले भने खुत्रुके अभियानलाइ रोजेको छु ।
यो तिन दिने बिदामा दिनभरी हजुरहरुले दिनुभएको सहयोग रकम १०००,५०००,१०००० जम्मा गरेर हरेक दिन साझ फेसबुक लाइभ मार्फत तपाईंहरु समक्ष प्रत्यक्ष जानकारी गराउने छु र कुल कति जना सहयोगी हातहरु जोडिनुभयो त्यो पनि अबगत गराउने छु ।मलाई यस अभियानमा हातेमालो गर्न तुलस गुरुङ भाइ पनि तयार हुनुहुन्छ साथै तपाईं मनकारी दाजुभाइ दिदीबहिनीहरु पनि जोडिनुहुनेछ भनी आसा राखेको छु ।हामी तपाईंहरु सङ्ग भेटेर भलाकुसारी गर्न आतुर छौं र कोरियाली सलनालको बिदाको दिन कुरिरहेका छौं ।तपाईंले दिनुभएको १००० वोनले पनि एक जना बिरामीको लागी औसधि आउनेछ ।तपाईंको लागी १००० वोन सामान्य हो तर मैले यहि हजार हजार जम्मा पारेर एउटा मात्रै भए पनि निशुल्क स्वास्थ सिबिर सन्चालन गर्ने सपनाहरू देखिरहेको छु ,मलाई बिश्वास छ हजुरहरुले साथ र हौसला प्रदान गर्नुहुनेछ ।
मिनि नेपाल नामले परिचित दोङ्देमुन अनि विभिन्न ठाउँमा हुने सास्कृतिक कार्यक्रमहरुमा हामिहरु उपस्थित हुनेछौं ! मेरो खुत्रुके अभियानलाइ माया गरि सहयोग गर्दिनुहुन सम्पूर्ण कोरिया बासी नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु ।लक्ष्मी नारायण बस्नेत ,हाल दक्षिण कोरिया ।