कोरिया खबर

कोरियामा आज यो सिजनकै सबैभन्दा चिसो दिन ! मौषम बिज्ञान बिभागद्वारा कोल्ड वेभ सचेतना जारी !

गुरुदत्त न्यौपाने / सउल, दक्षिण कोरियामा २०१९ को अन्तिम दिन यो सिजनको सबैभन्दा चिसो दिनको रुपमा रेकर्ड भएको छ।देशैभरीका बिभिन्न ठाउँहरुमा मंगलबारको तापक्रम माईनस ३ डिग्री सेल्सीयस देखी माईनस ३० डिग्री सेल्सीयस सम्म मापन भयो।कोरियाको दक्षिण पुर्वी क्षेत्रको खाङ्वन्दो प्रान्तको उच्च पहाडी ईलाकामा आजको तापक्रम सबैभन्दा कम – ३० डिग्री मापन गरिएको छ।

मंगलबार बिहान सउलमा -१०.९ डिग्री र ईन्छनमा -९.९ डिग्री मापन भएपछी कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेसन ले कोल्ड वेभ सचेतना जारी गरेको थियो।दक्षिणी आईसल्याड जेजु मा बाहेक अन्य कोरियाका सबै ठाउँमा कोल्ड वेभ जारी गरिएको केएमए ले जनाएको छ।कोरियाकै सबैभन्दा चिसो क्षेत्र खाङ्वन्दो मा -१९.८ डिग्री ,सराक सानमा -१३.७ डिग्री ,छुन्छनमा -८.९ डिग्री मापन गरिएको थियो।

कोरियाकै अन्य ठाउँहरु यन्छनमा -१३.५ डिग्री,याङ्जुमा -१२.१ डिग्री,पोछनमा -११.२,फाजुमा -१०.९,सुवनमा -९.७,छेछनमा -८.८ सेजङमा -७.९,थेजनमा -७.१ डिग्री सेल्सीयस तापक्रम मापन भएको थियो।कोरियाको मौषम मंगलबार अत्यधिक चिसो रह्यो।बिहान काममा जानेहरु पनि बाक्ला बाक्ला कपडाहरु लगाएर हिँडेको देखिन्थ्यो।दिनभरी घाम लागेपनी तापक्रम माईनसमा भएको र चिसो सिरेटो चलेकोले देशैभरी अत्यधिक चिसो महशुस भएको थियो।

केएमएका अनुसार बुधबार बिहानसम्मै अत्यधिक चिसो हुने अनुमान गरिएको छ।बुधबार बिहानको सउल तथा ख्यङ्गिदोमा -६ डिग्री र -९ डिग्री सम्म हुने अनुमान छ।केएमएले कोल्ड वेभ जारी गर्दै चिसोबाट बच्न तथा बिशेष सतर्कता अपनाउन सुझाएको छ।

फोटो स्रोत : कोरिया टाईम्स

Author Since: Dec 06, 2019

Related Post