कोरिया खबर

कोरियामा आजदेखी लागु हुनेगरी श्रमिकको तलब बृद्दी!अबदेखी घन्टाको ८५९० वोन हुने !

गुरुदत्त न्यौपाने/सउल,दक्षिण कोरियामा जनवरी १ देखी लागु हुनेगरी श्रमिकको न्युनतम ज्याला बृद्दी भएको छ।२०१९ को तलबको तुलनामा २.८७ प्रतिशतले बृद्दी भई प्रतिघन्टा ८५९० वोन (७.४ अमेरिकी डलर) भएको हो।दैनिक ८ घन्टा हप्ताको ४० घन्टा कामगर्ने मजदुरको न्युनतम ज्याला महिनामा १७,९५,३१० कोरियन वोन हुनेछ।

साथै दिनमा ८ घन्टाभन्दा माथी अतिरिक्त कामगर्ने मजदुरले राती दश बजेसम्म प्रतिघन्टा १२,८८५ वोन पाउनेछन।त्यसैगरी राती १० बजेदेखी बिहान ६ बजेसम्म को अतिरिक्त रात्री भत्ता सहित प्रतिघन्टा १७,१८० वोन प्राप्त गर्नेछन।गत जुलाईमा तलब निर्धारण समिती र श्रम तथा ब्यबसाय प्रतिनिधीहरु बिच छलफल पश्चात २.८७ प्रतिशत तलब बढाउने सहमती भएको थियो।

बृद्दी भएको तलब बिबरण

बृद्दी भएको तलब बाट करिब १.३७ मिलियन श्रमिकहरु प्रतक्ष लाभान्बित हुने तलब निर्धारण समितीले बताएको छ।उसले भनेको छ कि ” तलब बृद्दी ले बढदो महङ्गी तथा खर्चिलो जिवनयापन लाई केही भएपनी राहत दिने छ।”

कम्पनीमा कामगर्दै/ फोटो स्रोत : गुगल

एकातिर तलब बृद्दीले साना तथा मझौला उधोगहरुलाई प्रत्यक्ष प्रभाव पारेको छ भने अर्कोतर्फ तलब बृद्दीले श्रमिकहरु पनि त्यति खुशी छैनन।तलब बृद्दीसंगै कम्पनीले खाना तथा बसोबास को लागी भनेर कम्पनीलाई श्रमिकको तलबको १०% देखी २०% कटौती गर्न छुट भएसंगै लाखौँ श्रमिकहरु तलब बृद्दीले त्यती उत्साहित देखिदैनन।

Author Since: Dec 06, 2019

Related Post