कोरिया खबर

कोरियनहरु अन्यभन्दा ३ गुणा बढी कफि पिउछन्

सोल– हुन्डाई अध्ययन प्रतिष्ठानले हालै सार्वजनिक गरेको एउटा तथ्यांकका अनुसार कोरियाली नागरिकहरु कफी प्रति अत्याधिक सौखिन रहेको देखाएको छ ।औषतमा एक जना बयस्क कोरियालीले एक बर्षमा ३ सय ५३ कप कफि पिउने गरेको पाइएको छ जव कि विश्वमा हेर्ने हो भने एक जना बयस्क मानिसले औसतमा १ सय ३२ कप कफि पिउछन् ।

यहि तथ्यांकलाई हेर्ने हो भने कोरियालीहरु विश्वका मानिसहरु भन्दा ३ गुणा धेरै कफि पिउछन् र हरेक कोरियालीहरुले कम्तिमा दिनमा एक कप कफि पिउछन् ।अध्ययनका अनुसार कोरियामा बार्षिक करिव ७० खर्व कोरियन वन बराबरको कफि खपत हुने गरेको छ । कतिपय जानकारहरु कफिको अत्याधिक सेवनले शरिरमा नकारात्मक असर पार्ने गरेको पनि बताउछन् ।

शरिरका निम्ति कति कफि सहि हो भन्ने बारे कसैले केही बताउन नसके पनि अधिक प्रयोग भने ठीक नभएको स्वयं स्वास्थ्य बिद तथा सर्वसाधारण पनि बताउछन् । अधिक कफि सेवनले निद्रा हटाउनुका साथै अनिद्रा सम्बन्धि रोग समेत निम्त्याउने उनीहरु बताउछन् ।

अध्ययनका अनुसार एक कप कफिले मानिसलाई करिव ९ घण्टा सम्म स्फूर्ति प्रदान गर्दछ । यसरी हेर्ने हो भने विहान खाएको कफिले दिनभर काम गर्दछ । तर २ बजे दिउसो पछि सेवन गरिएको कफिले रातको निद्रामा असर गर्ने निश्चित छ । त्यसैले कफिको प्रयोग औसत रुपमा मात्र गर्नु सबै भन्दा बुद्धीमानि हुन्छ ।

Author Since: Dec 06, 2019

Related Post