कोरिया खबर

कोरियाको औद्योगिक निकासी बढ्यो

सोल-सोमवार सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार कोरियाको औद्योगिक निकासी नोभेम्वरको अन्त्यसम्म आइपुग्दा करिव ०.४ प्रतिशतले बढेको छ ।नोभेम्बरको औद्योगिक उत्पादन गत वर्षको तुलनामा ०.४ प्रतिशतले बढेको हो । अक्टोबरमा ०.४ प्रतिशतले गिरावट आएको औद्योगिक निकासी नोभेम्बरमा खुद्रा बिक्री र सुविधा लगानीमा आएको बृद्धिका कारण बढेको कोरियाले संकलन गरेको तथ्यांकले देखाएको छ ।

तथ्यांकका अनुसार खानी, निर्माण, ग्यास र बिजुली उद्योगको उत्पादन गएको महिना ०.४ प्रतिशतले घटेको छ भने सेवा क्षेत्रको उत्पादन महिनामा १.४ प्रतिशतले बढेको छ ।कोरियाली तथ्यांक विभागका अधिकारी किम बो क्योङ्गका अनुसार समग्र औद्योगिक उत्पादन नोभेम्बर महिनामा बढेको छ, तर यो प्रगति अघिल्ला बर्षहरुभन्दा कम हो र यो प्रगतिको गति अझै कमजोर छ ।

कोरियामा जनवरी १ देखी लागु हुनेगरी श्रमिकको तलब बृद्दी!अबदेखी घन्टाको ८५९० हुने !

गुरुदत्त न्यौपाने/सउल,दक्षिण कोरियामा जनवरी १ देखी लागु हुनेगरी श्रमिकको न्युनतम ज्याला बृद्दी भएको छ।२०१९ को तलबको तुलनामा २.८७ प्रतिशतले बृद्दी भई प्रतिघन्टा ८५९० वोन (७.४ अमेरिकी डलर) भएको हो।दैनिक ८ घन्टा हप्ताको ४० घन्टा कामगर्ने मजदुरको न्युनतम ज्याला महिनामा १७,९५,३१० कोरियन वोन हुनेछ।साथै दिनमा ८ घन्टाभन्दा माथी अतिरिक्त कामगर्ने मजदुरले राती दश बजेसम्म प्रतिघन्टा १२,८८५ वोन पाउनेछन।

बृद्दी भएको तलब बिबरण

त्यसैगरी राती १० बजेदेखी बिहान ६ बजेसम्म को अतिरिक्त रात्री भत्ता सहित प्रतिघन्टा १७,१८० वोन प्राप्त गर्नेछन।गत जुलाईमा तलब निर्धारण समिती र श्रम तथा ब्यबसाय प्रतिनिधीहरु बिच छलफल पश्चात २.८७ प्रतिशत तलब बढाउने सहमती भएको थियो।बृद्दी भएको तलब बाट करिब १.३७ मिलियन श्रमिकहरु प्रतक्ष लाभान्बित हुने तलब निर्धारण समितीले बताएको छ।उसले भनेको छ कि ” तलब बृद्दी ले बढदो महङ्गी तथा खर्चिलो जिवनयापन लाई केही भएपनी राहत दिने छ।”

एकातिर तलब बृद्दीले साना तथा मझौला उधोगहरुलाई प्रत्यक्ष प्रभाव पारेको छ भने अर्कोतर्फ तलब बृद्दीले श्रमिकहरु पनि त्यति खुशी छैनन।तलब बृद्दीसंगै कम्पनीले खाना तथा बसोबास को लागी भनेर कम्पनीलाई श्रमिकको तलबको १०% देखी २०% कटौती गर्न छुट भएसंगै लाखौँ श्रमिकहरु तलब बृद्दीले त्यती उत्साहित देखिदैनन।

Author Since: Dec 06, 2019

Related Post