नयाँ बर्षमा दक्षिण कोरियाको राजधानी सउल नेपाली टोपी र झन्डामय बन्यो !
- by siddhartha@post
- 1 year ago
- 0 comments

गुरुदत्त न्यौपाने /सउल , बिगतका बर्षहरुमा जस्तै अङ्ग्रेजी नयाँ बर्ष २०२०को अवशर पारेर कोरियामा नेपाली टोपी दिवश भब्यताका साथ मनाईएको छ। नेपाल भ्रमण बर्ष २०२० को प्रवर्धन संगै नेपाली मौलिक परम्परा,भेषभुषा तथा संस्कृती,प्राकृतिक सम्पदाहरुका रंगिन पोस्ट कार्डहरु र नेपाली झन्डा बोकेर सयौँको संङ्ख्यामा उपस्थित टोली सउल टावरसम्म पुगेको थियो।
‘मेरो टोपी कैलाशको शिर जस्तो,मेरो टोपी हिमाली भिर जस्तो,कहिले पनि झुक्न नजान्ने,कहिले पनि लुक्न नमान्ने,मेरो टोपी नेपाली विर जस्तो’ भन्ने मुल नाराका साथ आयोजना गरिएको नेपाली टोपी दिवश तथा पदयात्रा विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि भब्यताका साथ सम्पन्न भएको छ।
कोरियाको मुटु मानिने सउल स्टेशनमा जम्मा भएको सयौँ सङ्ख्याको नेपाली टोली त्यहाँबाट करिब ३ किलोमिटर दुरीमा रहेको सउल नामसान टावरसम्म नेपालका घुम्ने प्रमुख आकर्षणका केन्द्रहरुको फोटो भएको पोस्टकार्ड ,नेपाली झन्डा सहित नेपाली रास्ट्रभक्तीले ओतप्रोत गितहरु गाउँदै कोरियनहरुलाई नेपाल घुम्न निम्तो दिएका थिय।
एमआरआर कोरियाको मुख्य संयोजन तथा नेपाल पर्यटनबोर्ड,एनआरएनए कोरिया,सोनसिक कोरिया र स्वतन्त्र रास्ट्रप्रेमी सचेत नेपाली एकता अभियानको सहयोगमा कार्यक्रम आयोजना भएको थियो।सउल टावरसम्म पुगेर फोटो प्रदर्शनी गरिसके पछाडी प्रमुख आयोजक एमआरआर संयोजक नबिन बास्कोटाले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पुर्णप्रति धन्यबाद ज्ञापन गर्नुभएको थियो।साथै एमआरआर कोरिया ले बिगतदेखी नेपालको पर्यटन प्रब्रधन मा मुख्य भुमिका खेलेको र आगामी दिनम अझै शशक्त ढँगले लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्षलाई टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको थियो।कार्यक्रममा नेपाल पर्यटन वोर्डका मानार्थ दुत के.पी सिटौला,एनआरएनए प्रतिनिधी,एनसिसी प्रतिनिधी,सोसाईटी अफ नेप्लीज स्टुडेन्ट ईन कोरिया(सोन्सिक) प्रतिनिधी लगायत एमआरआर कोरियाका सदस्यहरुको उल्लेख्य उपस्थिती थियो ।