कोरिया खबर

कोरियामा कामदारको तलब वृद्धिले ३५ हजार नेपाली लाभान्वित

काठमाडाैं-नयाँ वर्ष सुरु भएसँगै दक्षिण कोरियामा सन् २०२० का लागि कामदारको न्यूनतम तलब वृद्धि भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।गत वर्षभन्दा यो वर्ष २.८७ प्रतिशतले बढेर प्रतिघन्टा ८ हजार ५ सय ९० वन (७.४ अमेरिकी डलर) भएको हो ।कोरियामा दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने मजदुरको न्यूनतम ज्याला महिनामा

१७ लाख ९५ हजार ३ सय १० कोरियन वन (झन्डै १ लाख ७५ हजार नेपाली रुपैयाँ) हुनेछ।साथै दिनमा ८ घन्टाभन्दा माथि अतिरिक्त काम गर्ने मजदुरले राति १० बजेसम्म प्रतिघन्टा १२ हजार ८सय ८५ वनका दरले ज्याला पाउनेछन्।त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्त रात्रि भत्तासहित प्रतिघन्टा १७ हजार १ सय ८० वन प्राप्त गर्नेछन् ।

कम्पनीमा कामगर्दै/ फोटो स्रोत : गुगल

गत जुलाईमा तलब निर्धारण समिति र श्रम तथा व्यवसाय प्रतिनिधिबीच भएको छलफलपश्चात २.८७ प्रतिशत तलब बढाउने सहमति भएको थियो।तलब बढेसँगै दक्षिण कोरियामा रहेका झण्डै ३५ हजार नेपाली नागरिकसँगै कोरियन र अन्य देशका कामदार प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन्।

Author Since: Dec 06, 2019

Related Post