कोरिया खबर

सन् २०२० मा कोरियाली कम्पनी हुन्डाई र कियाले ७५ लाख थान गाडी बेच्ने

दक्षिण कोरियाली सवारीसाधन निर्माता हुन्डाई र किया मोटर्सले सन् २०२० मा भने आफूहरुको संयुक्त व्यापार ५ प्रतिशत बढाउने बताएका छन् । उनीहरुले संयुक्त सवारीसाधनको व्यापार ७५ लाख थान बिक्रि गर्ने लक्ष राखेका हुन् । दुवै कम्पनीका लागि सन् २०१९को ब्यापार भने पछिल्लो ७ वर्षकै कमजोर बन्न पुगेको थियो ।चीनको व्यापारमा आएको कमीसँगै ती कम्पनीको सवारी साधन बिक्रि व्यापार घटेको हो ।

तर, सन् २०२० का लागि भने कम्पनीले आफ्नो व्यापारमा सुधार आउने अपेक्षा गरेको छ ।हुन्डाई मोटर ग्रुपले अहिले सामना गरिरहेको विभिन्न प्रकारको चुनौतीको कारण पनि व्यापारमा कमी आएको हो । ती सबै चुनौतीलाई सुधार गरेर सन् २०२० मा ५ प्रतिशत ब्यापार वृद्धि गर्ने लक्ष रखिएको हो ।

हुन्डाई र कियाले संयुक्त व्यापारमा सन् २०१९ मा ७६ लाख सवारीसाधन विक्री गर्ने लक्ष्य राखिएको भए पनि ७१ लाख ९० हजार सवारी साधनको बिक्रि गरेका थिए ।hotpati

कोरियामा जनवरी १ देखी लागु हुनेगरी श्रमिकको तलब बृद्दी!अबदेखी घन्टाको ८५९० हुने !

दक्षिण कोरियामा जनवरी १ देखी लागु हुनेगरी श्रमिकको न्युनतम ज्याला बृद्दी भएको छ।२०१९ को तलबको तुलनामा २.८७ प्रतिशतले बृद्दी भई प्रतिघन्टा ८५९० वोन (७.४ अमेरिकी डलर) भएको हो।दैनिक ८ घन्टा हप्ताको ४० घन्टा कामगर्ने मजदुरको न्युनतम ज्याला महिनामा १७,९५,३१० कोरियन वोन हुनेछ।साथै दिनमा ८ घन्टाभन्दा माथी अतिरिक्त कामगर्ने मजदुरले राती दश बजेसम्म प्रतिघन्टा १२,८८५ वोन पाउनेछन।

त्यसैगरी राती १० बजेदेखी बिहान ६ बजेसम्म को अतिरिक्त रात्री भत्ता सहित प्रतिघन्टा १७,१८० वोन प्राप्त गर्नेछन।गत जुलाईमा तलब निर्धारण समिती र श्रम तथा ब्यबसाय प्रतिनिधीहरु बिच छलफल पश्चात २.८७ प्रतिशत तलब बढाउने सहमती भएको थियो।

बृद्दी भएको तलब बाट करिब १.३७ मिलियन श्रमिकहरु प्रतक्ष लाभान्बित हुने तलब निर्धारण समितीले बताएको छ।उसले भनेको छ कि ” तलब बृद्दी ले बढदो महङ्गी तथा खर्चिलो जिवनयापन लाई केही भएपनी राहत दिने छ।”

एकातिर तलब बृद्दीले साना तथा मझौला उधोगहरुलाई प्रत्यक्ष प्रभाव पारेको छ भने अर्कोतर्फ तलब बृद्दीले श्रमिकहरु पनि त्यति खुशी छैनन।तलब बृद्दीसंगै कम्पनीले खाना तथा बसोबास को लागी भनेर कम्पनीलाई श्रमिकको तलबको १०% देखी २०% कटौती गर्न छुट भएसंगै लाखौँ श्रमिकहरु तलब बृद्दीले त्यती उत्साहित देखिदैनन।

Author Since: Dec 06, 2019

Related Post