कोरिया खबर

एनसीसी निवर्तमान अध्यक्ष अन्जु के.शी नेपाल फिर्ता,लेखिन भावुक स्ट्याटस !

दक्षिण कोरियाको अभिभावक संस्था एनसीसी निवर्तमान अध्यक्ष अन्जु के.शी आफ्नो दुई दशकको कोरिया बसाईलाई बिट मार्दै आज नेपाल प्रस्थान गरेकी छन।लामो समयदेखी कोरियामा सामाजिक काममा सक्रिय भुमिका निर्वाह गर्दै आएकी उनी आज नेपाल फिर्ता भएकी छन।आफ्नो फेशबुकमा लामो स्ट्याटस लेख्दै उनले कोरियामा रहँदा आफुलाई साथ सहयोग गर्नेहरुलाई धन्यबाद ब्यक्त गरेकी छन।

हेर्नुहोस उनको स्ट्याटस जस्ताको तस्तै।सम्पूर्णमा नमस्कार।लगभग १९,२० बर्षे कोरिया बसाई पछि अाज म अाफ्नो जन्मभूमि नेपाल जाँदैछु।यति लामो कोरिया बसाईको क्रममा धेरै अनुभवहरु बटुल्ने मौका पाएँ।सुरुमा म भर्खर कोरिया प्रवेश गर्दा मजदूरहरुको समस्याहरु धेरै थियो। जुन समस्याहरु कति त म अाफैले पनि भोगें। एकातिर म अाफै पनि अरुको दु:ख र पिडा देख्न नसक्ने भएको हुनाले परदेशको ठाउँमा दुःखमा परेकारहरुलाई पहिला देखि नै ब्यक्तिगत रुपमा सहयोग गर्दै अाई रहेको थिएँ।

पछिल्लो लगभग ४,५ बर्ष जति केहि सामाजिक कार्यहरु गरौं कि भन्ने सोंचाईले कोरियामा हुदै गरेका विभिन्न सामाजिक कार्यक्रमहरुमा जोडिदैं पहिलो पटक रुपन्देही सम्पर्क समिति दक्षिण कोरियामा अाबद्ध भएर संस्थागत रुपमा अघि बढें।र,रुपन्देही सम्पर्क समितिकै प्रस्तावमा यहाँहरु सबैको साथ र सहयोगले नेपाली सम्पर्क समिति-Ncc को १५ अौं कार्यकालको बरिष्ठ उपाध्यक्षमा चुनाबी प्रकृयाबाट निर्वाचित भएँ,त्यस पछि अझ म अाफैमा समाजसेवा गर्ने भावना बढ्दै गयो।र Ncc को १६ अौं अधिवेशनले भारी मत दिई १६ अौं कार्यसमितिको अध्यक्षमा मलाई जिम्मेवारी सुम्पेको थियो।

मेरो केहि स्वार्थ थिएन बस् जसरि हुन्छ,Ncc जस्तो गौरवमय सबै नेपालीहरुको साझा संस्था एवं सबै भन्दा पुरानो संस्थाको मुख्य कार्यकारिणी अध्यक्ष भैसके पछि नेपाल र नेपालीका लागि केहि न केहि गरौं भन्ने अठोट्का साथ अघि बढ्दै गएँ।त्यसै क्रममा संस्थागत कार्ययोजनाहरु तय:गर्दै त्यही अनुरुप विभिन्न कामहरु सम्पन्न गर्दै अघि बढें।भने मेरै पालामा Ncc को संयोजनमा म अाफै अध्यक्ष भएको नाताले मेरै संयोजकत्वमा नेपाल बौद्ध परिवारको सहकार्यता एवं नेपाली राजदूतावास सउलको संरक्षकत्वमा गठित नेपाल बुद्ध प्रतिमा स्थापना अभियान २०१८ ले नेपालबाट बुद्धको प्रतिमा(मुर्ति) ल्याएर योङ्ईन स्थित पर्यटकीय गुम्बा वाऊछङ्सामा नेपाली झण्डा फहराउदै प्रतिस्थापन गरियो र बुद्ध नेपालमा जन्मेको हो भन्ने प्रत्यक्ष सबुत सहित अन्तर्राष्ट्रिय जगतमा सन्देश फैलाईएको थियो।

मेरै कार्यकालमा Ncc स्थापना भएको २५ अौं बर्ष गाँठको उपलक्ष्यमा भव्य समारोहका बिच रजत रजयन्ती मनाईएको थियो।झण्डै २६ बर्ष लामो ईतिहास बोकेको संस्था नेपाली सम्पर्क समिति-Ncc लाई मेरै कार्यकालमा कोरियन सरकारबाट मान्यता प्राप्त वैधानिक संस्थाको रुपमा दर्ता गराईयो।भने अर्को तिर प्रवासी भूमीमा दु:ख बिमार भएका कुनै पनि नेपालीहरुलाई सकेसम्म,भ्याए सम्म सहयोग गर्ने मेरो पहिला देखिकै भावना रहेकोले सोही अनुसार संस्थाको कामलाई संग संगै निरन्तरता दिंदै पुरा गर्दै अाईरहेको थिएँ।त्यसै क्रममा म एक जना बिरामी भाईलाई अस्पतालमा भेटेर फर्किंदै थिएँ,रुम जाने बेलामा अचानक कोरियन प्रहरि प्रशासनको फन्दामा परियो,कारण देखाईयो लामो कोरिया बसाई संगै भिषा अवधि नभएको साथै विरोधीले सिङ्गो(चुकली)गरेको।

ठिकै छ,मेरो कमजोरी भिषा अवधी थिएन कोरियन अध्यागमन बिभागको हिरासत गएँ। लगभग २३,२४ दिनको हिरासत बसाई पश्चात केहि कोरियन नागरिक तथा कोरियन संस्थाहरुको पहलमा र केहि नेपाली समाजसेवीहरुको सहयोगमा म कोरियन सरकारबाट वैधानिक भिषा प्राप्त गर्दै केहि समयको लागि हिरासत मुक्त भएँ।त्यस पछि मैले संस्थागत रुपमा गर्नु पर्ने कामहरु पुरा गर्दै अन्तिममा गत २०१९ डिसेम्बर२९ तारिख Ncc को १७अौं महाधिवेशन सम्पन्न गराएँ र नयाँ नेतृत्व सहित १७ अौं कार्यसमितिलाई जिम्मेवार हस्तान्तरण गरियो।र,अाज म यहाँहरु सबैबाट हात हल्लाउँदै खुसी साथ नेपाल जाँदैछु।यसरि अाज म यहाँहरुबाट भौतिक रुपमा टाढिएर बिदाईको हात हल्लाउदै जाँदै गर्दा मैले सम्झिनै पर्ने हुन्छ।

सर्वप्रथम त धन्यवाद दिन चाहान्छु कि,मेरा हरेक ब्यक्तिगत वा सामाजिक गतिविधिहरुलाई नजिकबाट नियालेर असफल पार्ने प्रयत्न गर्दै जसरी जति पटक मेरो खुट्टा तान्ने कृयाकलापहरु भयो उति नै मलाई सफलताको थप उर्जा मिल्दथ्यो र मलाई अन्तिम समस्यामा पार्न भनि जसरि धेरै मेहनत परिश्रम गर्नु भयो खुसी साथ म वहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।र,जसरी मलाई अाफ्नो समय खर्चेर हरदम खटेर अमुल्य साथ सहयोग गरि कोरियन अध्यायगमन बिभागको हिरासतबाट केहि समयका लागि बैधानिकता भिषा दिलाई बाहिर अाउने अवसर मिलाई दिनु भयो मेरा सहयोगी केहि कोरियन नागरिक र कोरियन संस्था तथा नेपाली समाजसेवीहरुलाई अन्तर हृदयदेखि नै धन्यवाद दिन चाहान्छु,यहाँहरुको अमुल्य साथ सहयोगलाई कहिले पनि भुल्ने छैन,अविस्मरणीय रहनेछ।

अन्त्यमा,दक्षिण कोरियमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरु यहाँहरु सबै जना राम्ररी बस्नु होला,एकापसमा कसैले पनि रीस डाह ईर्ष्या नगर्नु,मरि लानु केहि छैन,सबै मिलेर बस्नु होला।अाज प्रवासी भूमीमा हुनुहुन्छ भोलीका दिन के हुन्छ कसैलाई थाहा छैन,तल माथी जे पनि जसलाई पनि हुन सक्छ,अापत विपतमा एउटा नेपाली नागरिकको नाताले सबेले सबैलाई सहयोग गर्नु होला।समाजसेवा वा सामाजिक संघ संस्थामा लाग्नेहरु निस्वार्थ भावनाले लाग्नु होला,निरन्तर सत्यको पक्षमा लाग्नु होला अवश्य सफल भईन्छ ।

अन्त्यमा:-लगभग १९,२० बर्षे कोरिया बसाईको क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मलाई र NCC लाई साथ सहयोग गर्नु हुने रुपन्देही सम्पर्क समिति,बाग्लुङ् सम्पर्क समिति,नेपाल बौद्ध परिवार,सउल नेपाल गुम्बा,नागार्जुन गुम्बा,नेपाल अादिवासी जनजाति महासंघ,पूर्वा्ञ्चल सरोकार समाज,प्रदेश नं ३ एकता समाज,नेपाल पत्रकार महासंघ,वुमन फर वुमन,एमटियु,एनअारएनए दक्षिण कोरिया लगायत विभिन्न क्षेत्रिय तथा जातीय संस्थाहरु एवं सबै राजनितिक भातृ संगठनहरु,सबै मेरा Ncc परिवार र दक्षिण कोरियामा रहनुहुने तपाईं सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।Bye Bye Korea

Author Since: Dec 06, 2019

Related Post