
(ईपिएस) मार्फत कोरिया जाने नेपाली कामदारहरुको दोस्रो चरणको सीप परिक्षाको नतिजा सार्वजनिक भै सकेको छ । सीप परिक्षाको लागि १२०१० भाषा परिक्षामा उत्तीर्ण भएका थिए भने सीप परिक्षामा ६७७३ जना मात्रै पास भएका हुन् । जम्मा २०० अंकको परिक्षामा उत्पादनमूलक क्षेत्रतर्फ १७८ र कृषि तथा पशुपालन क्षेत्रतर्फ १७७ अंक भन्दा बढी आउनेहरु कोरियाली दक्षता परिक्षामा उत्तीर्ण भएका हुन् ।
अन्तिम नतिजा प्रकाशन भएको केहि समय भित्र स्वास्थ परिक्षण र रोजगार आवेदन फारम वितरण तथा दर्ता गने सम्बन्धि सूचना प्रकाशित हुनेछ । तोकिएको अस्पतालमा तोकिएको मितिमा स्वास्थ परिक्षण गराउनु पर्नेछ । केहिदिन पछि रोजगार आवेदन फारमका लागि तोकिएको मितिमा इपिएस कार्यालय ग्वार्कोमा गएर स्वयं भरी बुझाउनु पर्नेछ । मेडिकल रिपोर्ट इपिएस शाखामै आवेदन फारम भर्नेदिन प्राप्त हुनेछ ।
मेडिकल रिपोर्ट, प्रहरी चालचलन रिपोर्टका साथ अन्य आवश्यक कागजात सहित फारम भरेर बुझाउनु पर्नेछ । त्यसका लागि ५ अमेरिकी डलर बराबर नेपाल रकम बुझाउनु पर्नेछ । त्यसपछि इपिएस कार्यलय ग्वार्कोले तपाईंको फाइल अनलाइन मार्फत योग्य सुची अर्थात् रोस्टका लागि सेन्ड गर्नेछ । त्यतिबेला इपिएस आइडिमा Current Progress Send भनेर देखाउने छ। त्यसपछि कोरियाले प्रमाणिकरण गरेपछि मात्रै Roster मा नाम चढ्ने छ ।
यतिबेला Current Progress Approval भनेर देखाउने छ । फोटो नमिलेर गतसाल धेरैको return भएको थियो त्यसैले फोटो edit गर्ने काम नगर्नुहोस् । बढीमा जो कोहि व्यक्ति दुईबर्ष सम्म मात्रै योग्य शुचि अर्थात रोस्टरमा रहने प्रावधान छ ।Roster मा भएका मध्येबाट रोजगारदाताको छनोटमा परेपछि तपाइँको बाकी प्रक्रिया अघि बढ्नेछ । यतिबेला EPS ID मा Issue देखाउने छ । त्यसपछि LC आउने र बाकी प्रक्रिया अघि बढ्छ ।
स्वास्थ परीक्षण गराउदा आवश्यक कागजातहरु: राहदानीको सक्कल प्रति, EPS-TOPIK परिक्षाको प्रवेशपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति, ५५.६४ अमेरिकी डलर बराबर नेपाली रकम,थप सूचनाहरु हुनसक्ने भएकाले सम्बन्धित अस्पतालको सूचना पार्टी हेर्नुहोला । सम्बन्धित तोकिएको अस्पतालमा तोकिएको स्वस्थ परिक्षण मिति भन्दा एकदिन अगाडि सम्पर्क गर्नुपर्ने छ ।
रोजगार आवेदन साथ पेस गर्नुपर्ने कागजातहरु : एम.आर.पी. राहदानी अनुहार प्रष्ट देखिने गरि रंगिन प्रतिलिपी १ प्रति, स्वास्थ परिक्षण प्रमाणपत्रको सक्कलै प्रति, प्रहरी प्रतिवेदन सक्क्लै प्रति, आवेदन फारम शुल्क तिरेको बैंक भौचर सक्कल, सेतो पर्दामा खिचिएको पासपोर्ट साइजको फोटो १ प्रती, आफ्नो नाममा भएको खाताको चेकको रंगिन फोटोकपी,प्रहरी रिपोर्ट यसपटकदेखि अन्लाईन मार्फत प्राप्त गर्न सकिने छ । जसको लागि नेपाल प्रहरीको मा login गरेर Need Police Service मा रहेको Apply online मा Details Information मा आफ्नो व्यक्तिगत विवरण भरे पश्चात् व्यक्तिगत Email मा Report प्राप्त हुनेछ।